पियोर इनर्जीले आईपीओ निष्कासनको अनुमति पायो  « Khabarhub

पियोर इनर्जीले आईपीओ निष्कासनको अनुमति पायो 


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । बोर्डले आज (फागुन २ गते) कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । 

इनर्जीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्कासन गर्ने भएको जानकारी दिएको छ । कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ । जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्कासन हुन छ । 

कम्पनीको  बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट रहेको छ ।

बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । दुवै आयोजनाले २०८० सालदेखि नै व्यापारिक उत्पादन गरिरहेको छ । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गरिरहेको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ४ : १९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका