विरोध हुँदैमा सरकार रोकिँदैन, सबै अध्यादेश पारित हुन्छन् : शंकर पोखरेल « Khabarhub

विरोध हुँदैमा सरकार रोकिँदैन, सबै अध्यादेश पारित हुन्छन् : शंकर पोखरेल


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले ल्याएको सवै अध्यादेशहरु पारित हुने बताएका छन् ।

एमाले विज्ञान तथा प्रविधि विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा महासचिव पोखरेलले अध्यादेशको विरोध हु्ँदैमा सबै प्रयास असफल हुने नठान्न आग्रह गरे ।

महासचिव पोखरेलले सरकारले गत पुस १४ गते, २९ गते र माघ २ गते जारी गरेका सबै अध्यादेश संसद्‍बाट पारित हुने पनि बताएका छन् ।

अध्यादेश अघि अघि बढाउन अनेक विकल्प रहेकाले जसरी पनि राज्यको कानुनमा ढाल्ने उनले बताए ।

अध्यादेशका माध्यमबाट सबै क्षेत्रलाई सम्बोधन गर्ने प्रयास सरकारले गरेको उनको भनाइ छ । महासचिव पोखरेलले कानुन कार्यान्वयनका लागि आवश्यक परे नियमावली बनाइने स्पष्ट पारे ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग र उद्यमशीलतालाई सूचना प्रविधिबाट अगाडि बढाउन नीति ल्याउने जानकारी दिए ।

उनले प्रविधिलाई आत्मसाथ गर्न नसकेमा आजको विकास सम्भव नहुने जिकिर पनि गरेका छन् ।

मन्त्री भण्डारीले सन् २०२६ सम्ममा नेपाल विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने भएकाले सूचना प्रविधि क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ४ : ५३ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली