प्रणय दिवसका दिन आश्रमका वृद्धावृद्धाको स्याहार « Khabarhub

प्रणय दिवसका दिन आश्रमका वृद्धावृद्धाको स्याहार


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्यालेन्टाइन अर्थात् प्रणय दिवसका दिन शुक्रबार धेरै युवायुवती आफ्ना प्रेमी तथा जोडीसँग रमाउन व्यस्त थिए ।

कतिपय शुक्रबार प्रेम प्रस्ताव राख्न पनि व्यस्त भए । तर यही दिन केही युवाहरू भने फरक शैलीमा प्रेम दिवस मनाउन जुटे।

लियो क्लब अफ काठमाडौं निर्वणाका युवाहरूको समूहले पशुपतिनाथ परिसरस्थित वृद्धाश्रममा वृद्धवृद्धाको सेवा गरेको छ।

लियो क्लब अफ काठमाडौंका सदस्यहरूले वृद्धावृद्धाको हेरचाह गरेर माया साटासाट गरेका हुन्।

लियो क्लब अफ काठमाडौं निर्वणाको आयोजनामा आश्रममा सरसफाइ गरिएको छ। यसैगरी युवाहरूले वृद्धहरूको दाह्री र कपाल काटेर नुहाइदिएका छन्।

कार्यक्रमका संयोजक राजन खनालले प्रणय दिवसमा फूल साटासाट, डेटिङ, डिस्को र क्याफेमा रमाउनुको साटो सामाजिक भावले वृद्धवृद्धाको सेवा गरिएको बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ५ : ०१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा