युद्ध विराममा सकारात्मक पुटिनले गरे जेलेन्स्कीमाथि प्रश्नै प्रश्न, सहमति हुने ट्रम्पको विश्वास « Khabarhub

युद्ध विराममा सकारात्मक पुटिनले गरे जेलेन्स्कीमाथि प्रश्नै प्रश्न, सहमति हुने ट्रम्पको विश्वास


३० फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनसँगको युद्ध विराम गर्ने कुरामा सहमति भए पनि अहिलेको कठिन परिस्थितिमा यसको प्रकृति र स्वरूपका बारे धेरै प्रश्न रहेको बताएका छन्। अमेरिकासँगको वार्तामा युक्रेनले ३० दिने युद्ध विरामलाई स्वीकार गरेपछि पुटिनको यो धारणा बाहिर आएको हो।

पुटिनको धारणालाई युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले विषयलाई तोडमोड गर्ने योजनाको रूपमा लिएको बताएका छन्। उनले रुस युद्ध विरामका लागि सहमत नभए थप प्रतिबन्धको आवश्यकता रहेको समेत बताए।

मस्कोमा आयोजित पत्रकार सम्मेलनमा पुटिनले भने, ‘हामी युद्ध विरामको प्रस्तावमा सकारात्मक छौँ। तर छलफल गर्नु पर्ने धेरै विषय बाँकी नै छन्।’

उनले युक्रेनको पक्षबाट हेर्ने हो भने ३० दिने युद्ध विराम राम्रो भएको बताए। अहिलेको मूल विषय कस्क क्षेत्र हो। त्यस क्षेत्रमा रुसले गत वर्ष आक्रमण सुरु गरेको थियो। अहिले केही भाग लिइसकेको छ । कस्क क्षेत्रकै बारे पुटिनले युक्रेनसँग मर्ने या भाग्ने भन्दा अन्य विकल्प नभएको बताए।

उनले युक्रेनले राखेको ३० दिने प्रस्तावको बारे भने, ‘यो ३० दिनमा के गर्ने ? फेरि गतिविधि गर्ने ? फेरि सैन्य शक्ति सङ्गठित गर्ने ? मानिसहरूलाई प्रशिक्षण दिने ? वा यो केही पनि होइन ? अहिलेको यस अवस्थाको कसरी सामना गर्ने ?’ पुटिनको प्रश्न थियो।

युद्ध विराम अन्त्य गर्ने आदेश कसले दिने र कसले रोक्ने लगायतको विषय समेत अझ बाँकी नै रहेको उनले बताए। जेलेन्स्कीले भने पुटिनले युद्ध चाहे पनि राष्ट्रपति ट्रम्पसँग सिधै निरन्तर युद्ध चाहेको बताउन नसकेको बताए।

ह्वाइट हाउसमै रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने पुटिनसँगको भेट गर्ने रुचि भएको तथा उनी ३० दिने युद्ध विरामको पक्षमा सहमत गराउन सक्ने विश्वास रहेको बताए। यस अघि नै ओभल अफिसमा नाटो महासचिव मार्क रुइटसँगको वार्तामा उनले युक्रेनलाई विशेष प्राथमिकता दिएर कुरा गरेको बताए।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ६ : ५० बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई