युरोपको रक्सीमा दुई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी « Khabarhub

युरोपको रक्सीमा दुई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी


३० फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली युनियनबाट आउने रक्सीमा दुई सय प्रतिशत कर लगाउने चेतावनी दिएका छन्। ट्रम्पले आयातमा कर बढाउने निर्णय गरेपछि अमेरिकामा बनेको रक्सीमा ५० प्रतिशत कर लगाउने युरोपेली मुलुकको योजनापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्।

अहिले ट्रम्प अमेरिकाको व्यापारमा कर कटाउँदै सामान आयातमा कर लगाउने योजनामा छन्। अमेरिकाले आर्थिक समृद्धि मार्फत् नै सबै कुरा पार लगाउने योजना रहेको समेत उनले बताए। ट्रम्पको यो योजनालाई पहिलो विश्व युद्ध अघिको अवस्थाको रूपमा हेरिएको छ । सो समयमा आधा भन्दा बढी आम्दानीको श्रोत सामान आयात गर्दा लाग्ने कर नै थियो।

सन् १९१२ मा विड्रो विल्सनले थियोडर रुजवेल्टलाई हराएपछि उनले यो योजना भन्दा फरक आम्दानी करलाई बनाएका थिए।

कर वृद्धिको चर्को आलोचना भइरहेका बेला यसले अर्बौं डलर सञ्चित हुने दाबी ट्रम्पले गरेका छन्। ‘हामी करमार्फत् अर्बौं डलर जम्मा गरिरहेका हुने छौँ। साथमा हामी यत्ति धनी हुने छौँ की त्यो कहाँ खर्च गरौँ जस्तो हुने छ’, अहिले लगाइएको करको निर्णयका बारे ट्रम्पले भनेका छन्।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ७ : ५४ बजे

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई