किन केकेआरले रहानेलाई कप्तान बनायो ? « Khabarhub

किन केकेआरले रहानेलाई कप्तान बनायो ?


३० फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अजान्के रहानेको अनुभव र तनावको समयमा टोलीलाई नियन्त्रणमा राख्न सक्ने क्षमता राख्नछन्। यही खुबीका कारण उनलाई कप्तान चयन गरिएको कलकत्ता नाइट राइडर्स (केकेआर)का प्रमुख कार्यकारी बेंकी माइसोरले बताएका छन्।

केकेआरको कप्तानको रूपमा रहाने र अलराउण्डर बैंकटेस ऐयार दुवै दाबेदार थिए। ऐयारले आफू कप्तानको जिम्मेवारी पाएमा तयार भएको समेत बताएका थिए। यसका बाबजुद फ्रेन्चाइजले रहानेलाई पहिलो प्राथमिकता दिँदै ऐयारलाई उपकप्तान बनाएको हो।

सन् २०२४ को सिजनको सुरुवातमा नै रहाने रिलिज भएका थिए। अक्सनबाट उनलाई अनुबन्ध गरिएको हो। उनले ऐयार उपयुक्त भए पनि यदाकदा तनावको समयमा अनुभवले काम गर्ने बताएका छन्।

सन् २०२४ मा कलकत्ताले उपाधि जितेको समयमा कप्तान रहेका श्रेयास ऐयार भने अहिले पन्जाब किङ्समा छन्। यस वर्षको अक्सनको पहिलो दिन अनसोल्ड रहेका रहानेलाई दोस्रो दिन बेस प्राइज १ दशमलव ५ करोडमा कलकत्ताले लिएको हो। यसअघि सन् २०२२ को आइपिएलमा रहानेले कलकत्ताका लागि ७ खेल खेलेको थिए। सो वर्ष टोली सातौँ स्थानमा रहेको थियो।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ८ : १६ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति