बजेट अभावमा रोकियो गैँडा गणना « Khabarhub

बजेट अभावमा रोकियो गैँडा गणना


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

 
चितवन – हरेक पाँच वर्षमा हुँदै आएको गैँडा  गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ । 

दाताहरुको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि त्यो रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक  रामचन्द्र कँडेलले बताए । सरकारले गैँडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन । 
 
यस वर्ष गणना गर्न नसकिए पनि निकुञ्जका पोष्टमार्फत एक– एक गैँडाको संकेतका आधारमा अवस्था पहिचान गरिने उनले बताए। निकुञ्जको सम्पूर्ण जनशक्ति परिचालन गरेर सम्भवभएसम्म गणना गरिने उनले बताए।
 
महानिर्देशक कँडेलले भने, ‘गणनाजस्तै गरी यकिन सङ्ख्या सार्वजनिक नभए पनि सूक्ष्म रुपमा एकएक गैँडाको चिह्नको आधारमा अवस्था पत्ता लाग्छ ।’ विभागले निकुञ्जसँग सहकार्य गर्ने विभिन्न दातृ निकायसँग मिलेर  गैँडा गणना गर्दै आएको थियो । 

चितवन, पर्सा, बर्दिया र शुक्ला फाँटामा राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा पाइन्छन् । गणनाले सबैभन्दा बढी चितवनमा रहेका देखाएको थियो । उक्त गणनाअनुसार त्यसबेला ७५२ गैँडा थिए । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ एकसिङ्गे गैँडा थिए । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन वटा त्यस्ता गैँडा रहेका तथ्यांक छ ।
 
नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८, १९९५ मा ४६६ गैँडा रहेका विभागले जनाएको छ । यसैगरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ र सन् २०१५ मा ६४५ गैँडा थिए । यसअघि सन् २०२१ मा गैँडा गणना गरिएको थियो । 
 

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १० : ५७ बजे

वैकल्पिक शक्ति एकैठाउँ नआए पुराना दलभन्दा बेकामे हुन्छन् : समीक्षा बास्कोटा (अन्तर्वार्ता)

काठमाडौं- उज्ज्वल थापाले सुरू गरेको वैकल्पिक धारको विवेकशील साझा पार्टी

रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ सुरु

रसुवा– रसुवागढीस्थित भन्सार कार्यालयसँगैको सुख्खाबन्दरगाहको सफा गर्ने काम सुरु भएको

भायानेटले ल्यायो ‘सुपरहिट इन्टरनेट प्याक’

काठमाडौं– भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक गरेको छ

बालुवाटारमा सरकार र एमालेबीच संवाद

काठमाडौं– सरकार र नेकपा एमालेबीच द्विपक्षीय संवाद आज बालुवाटारमा भइरहेको

टर्कीको अदालतद्वारा इस्तानबुलमा विरोध प्रदर्शनका आरोपित चार पत्रकार रिहा

एजेन्सी– टर्कीको एक अदालतले बिहीबार एएफपी फोटोग्राफर यासिन अकगुलसहित चार