महायज्ञबाट दुई करोड ७६ लाख सङ्कलन « Khabarhub

महायज्ञबाट दुई करोड ७६ लाख सङ्कलन


३० फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मलङ्गवा– सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञमा दुई करोड ७६ लाख रुपैयाँ सङ्कलन भएको छ ।

हरिवन नगरपालिका–९ दनुवारीमा मानवसेवा आश्रमको भवन निर्माण  गर्ने उद्देश्यले गत फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ आयोजना गरिएको हो । महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार ४२ लाख रुपैयाँ सहयोग सङ्कलन भएको थियो । 

रकम अभावका कारण दनुवारीमा भवन अधुरै छ भवन निर्माण सम्पन्न गर्न ११ करोड रुपैयाँ आवश्यक पर्ने संयोजक थापा बताउँछन् । 

रकम जुटाउन आश्रमले यसअघि हरिवन–११ महायज्ञ आयोजना गरेको थियो । उक्त महायज्ञबाट दुई करोड ७६ लाख रुपैयाँ सङ्कलन भएको थियो । महायज्ञमा हरिवन नगरपालिकाले ५६ लाख रुपैयाँ सहयोग गरेको छ । 

जिल्लाका अन्य पालिका, वडा कार्यालय, सामाजिक सङ्घसंस्था तथा व्यक्तिगत रूपमासमेत सहयोग प्राप्त भएको संयोजक थापाले बताए   । 

सर्लाहीमा आफ्नै भवन नहुँदा हरिवन–१ कैलाशपुरीमा ज्येष्ठ नागरिक भवनमा आश्रम सञ्चालन भइरहेको छ । उक्त आश्रममा हाल ६० जनालाई आश्रय दिइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  १ : ३१ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६