प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक « Khabarhub

प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक


३० फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।

यो बैठक शुक्रबार अपरान्ह ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा पछिल्लो समय बढिरहेको राजावादी दल र समूहको गतिविधि, संविधान संशोधन तथा सदनमा प्रस्तुत गर्न लागिएका केही विद्येयकहरूबारे छलफल गर्ने तयारी छ ।

राजनीतिक संयन्त्रमा नेकपा (एमाले)बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् ।

यस्तै नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । तर परराष्ट्रमन्त्री राणा भने अहिले भारत भ्रमणमा छिन् ।

सरकारले गत पुस १४ गते र २१९ गते जारी गरेका ५ वटा अध्यादेश संसद्बाट पारित भइसकेका छन् । अब तिनलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशित हुनेछन् ।

तर गत माघ गते राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको भूमि संशोधनसम्बन्धी अध्यादेश भने अड्किएको छ । जनता समाजवाद पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सकारात्मक नहुँदा उक्त अध्यादेश संसद्‍मा लगिएको छैन । अरू पाँचवटा अध्यादेश राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैबाट पारित भइसकेका छ्न ।

अड्किएको भूमिसम्बन्धी अध्यादेशबारे पनि यो संयन्त्रको बैठकमा छलफल गर्ने तयारी छ। संयन्त्रको निर्णयबाटै अन्य पाँच अध्यादेश पास भएको अवस्थामा भूमिसम्बन्धी पास गर्ने रणनीति दुई दलले बनाउँदैछन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  १ : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको