स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी नियुक्त  « Khabarhub

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी नियुक्त 


३० फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डा.टंक वाराकोटीलाई नियुक्त गरेका छन् । 

शुक्रवार मन्त्री पौडेलले रिक्त रहेको महानिर्देशकको जिम्मा दिएका हुन् । तत्कालीन निर्देशक डा. विकास देवकोटालाई नेपाल सरकारले बिहीबार स्वास्थ्य सचिवमा बढुवा गरेसँगै सो पद रिक्त रहेको थियो । 

लोकसेवा आयोगले अतिरिक्त सचिवहरू डा. संगिता मिश्रा, डा. बाराकोटी र डा. देवकोटालाई सचिवकालागि सिफारिस गरेका थिए । 

डा. देवकोटा सचिव भएकोमा डा. मिश्राले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्ति गरेर मन्त्रालयमा हाजिर भएकी छैनन् भने मन्त्री पौडेलले बाराकोटीलाई सचिव पछिको दोस्रो शक्तिशाली पद महानिर्देशकको जिम्मेवारी दिएका हुन् । 

डा. वाराकोटीले विभाग पुगेर पदबहाली गरेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  १ : ५१ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा