स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी नियुक्त  « Khabarhub

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी नियुक्त 


३० फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डा.टंक वाराकोटीलाई नियुक्त गरेका छन् । 

शुक्रवार मन्त्री पौडेलले रिक्त रहेको महानिर्देशकको जिम्मा दिएका हुन् । तत्कालीन निर्देशक डा. विकास देवकोटालाई नेपाल सरकारले बिहीबार स्वास्थ्य सचिवमा बढुवा गरेसँगै सो पद रिक्त रहेको थियो । 

लोकसेवा आयोगले अतिरिक्त सचिवहरू डा. संगिता मिश्रा, डा. बाराकोटी र डा. देवकोटालाई सचिवकालागि सिफारिस गरेका थिए । 

डा. देवकोटा सचिव भएकोमा डा. मिश्राले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्ति गरेर मन्त्रालयमा हाजिर भएकी छैनन् भने मन्त्री पौडेलले बाराकोटीलाई सचिव पछिको दोस्रो शक्तिशाली पद महानिर्देशकको जिम्मेवारी दिएका हुन् । 

डा. वाराकोटीले विभाग पुगेर पदबहाली गरेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  १ : ५१ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले