प्रधानमन्त्री भन्छन्- पूर्वाधार विकासका काम अब लगभग पूरा हुन लागे « Khabarhub

प्रधानमन्त्री भन्छन्- पूर्वाधार विकासका काम अब लगभग पूरा हुन लागे


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्षसमेत रहेका ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेका बताए । उनले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठुला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गरे ।

‘हामीले जनतालाई सबल बनाउने बाटो लिनुपर्छ । सहयोग गरेर मात्रै हुँदैन । उत्पादन र आत्मनिर्भरता बढाउने बाटोमा जानुपर्छ’, ओलीले भने, ‘जनतालाई कर्मशील बनाउन प्रेरित गर्नुपर्छ । गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ । मन्त्रालयहरुलाई उत्पादन र उत्पादकत्व बढाउने ठोस योजना ल्याउन हामीले भन्नुपर्छ ।’

उत्पादकत्व बढेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने तर्क पनि उनले गरे । राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन–मूल्याङ्कन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवं सुशासनमा सकारात्मक प्रभाव पर्ने काममा लाग्न पनि भने ।

आयोगका उपाध्यक्ष प्रा डा. शिवराज अधिकारीले १६ औँ योजनाको कार्यान्वयन, यसका चुनौतीहरू, राष्ट्रिय आयोजना बैँकको नयाँ मापदण्ड र परिमार्जन, अधुरा योजनमाथिको व्यवस्थित विश्लेषण, परियोजना विश्लेषणको नयाँ मापदण्ड, समपुरक र विशेष अनुदानको कार्यविधिमा संशोधन आदिबारे बोले ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  २ : ४६ बजे

यसरी खटिए चारै सुरक्षा निकाय, हरेक क्षेत्रमा अस्थायी बेस बनाएरै सेना र सशस्त्र प्रहरी तैनाथ

काठमाडौं- अबको दुई दिनपछि हुन लागेको निर्वाचनका लागि सरकारले सुरक्षा

उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध

प्रतिनिधिसभा सदस्य निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं– केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका ४५४ उजुरीमध्ये

खाडी क्षेत्रमा इरानी प्रहार, तेल पूर्वाधार प्रभावित

एजेन्सी– अमेरिका र इजरायलसँग जारी युद्धको पृष्ठभूमिमा इरानले आफ्नो आक्रमणको