बनिसक्न लागेपछि भत्काउन थालियो ग्वार्कोको ‘ओभरपास’ (तस्बिरहरू) « Khabarhub

बनिसक्न लागेपछि भत्काउन थालियो ग्वार्कोको ‘ओभरपास’ (तस्बिरहरू)


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरस्थित ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो भनिएको ‘ओभरपास‘ निर्माण सम्पन्न हुन लाग्दा भत्काइएको छ ।

करिब ८२ प्रतिशत निर्माण पूरा भइसकेको अवस्थामा गुणस्तरहीन काम गरेको यो ओभरपासको भेटिएपछि ‘प्रिकाष्ट प्यानल’ भत्काइएको हो ।

सिमेन्टको पर्खाल लगाएर माटो भर्ने क्रममा पर्खाल आफैँ चर्किन थालेपछि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएको हो । अब फेरि यो ओभरपास पुनःनिर्माण गर्नुपर्ने भएको छ ।

इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा बनेको यो ओभर तोकिएको समयमा बनेको भए गाडी गुडिसक्नुपर्ने थियो ।

ओभरपासका दुवै (कोटेश्वर र सातदोबाटो) तिर प्रिकाष्ट प्यानल अर्थात् पर्खाल लगाएर माटोले भरिसकेको अवस्था भत्काइएको हो । पिच तयारी भएका बेला सातदोबाटोतर्फको पर्खाल भत्काएर माटो र ब्लक निकालिएको छ। पर्खाल र माटो निकालेर जगबाटै पर्खाल लगाउनुपर्ने भएको छ।

आशीष–समानान्तर–रेलिगेर जेभी र सडक विभागबीच २०८० फागुन ११ गते २ वर्षको अवधिमा ४ लेनको काम सक्ने गरी २०७८ फागुन १२ गते सम्झौता भएको थियो। तोकिएको समयमा नबनेपछि २०८१ पुस ८ गतेसम्म म्याद थपियो। थपेको म्यादमा पनि तयार भएन । अब गुणस्तरहीन काम भएकाले भत्काउन लगाइएको हो ।

प्रिकाष्ट प्यानल अर्थात् ब्लक/वालमा माटो हालेपछि चर्किएर ठूला चिरा देखिएका थिए । यस्तो हुँदा जुनसुकै बेला भत्किन सक्ने भएपछि ठेकेदारलाई भत्काएर बनाउन निर्देशन दिइएको हो । अहिले धमाधम भत्काइँदैछ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ४ : १६ बजे

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय