भारतीय अन्तरिक्ष मिशन : स्पाडेक्स उपग्रहको ‘अनडकिङ’ पूरा « Khabarhub

भारतीय अन्तरिक्ष मिशन : स्पाडेक्स उपग्रहको ‘अनडकिङ’ पूरा


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशन अन्तर्गत दुई वटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ । स्पेस डकिङ भनेको दुई अन्तरिक्षयान अन्तरिक्षमा एकसाथ जोडिनु हो । डकिङ स्वचालित वा कम्प्युटरद्वारा नियन्त्रित हुन सक्छ ।

इसरोले स्थानीय समय अनुसार बिहान ०९ः२० बजे पहिलो प्रयासमा स्पाडेक्स उपग्रहहरू अनडक गर्ने कार्य पूरा गर्‍यो ।

अन्तरिक्ष एजेन्सीले उपग्रहहरूको अनडकिङ ४५ डिग्रीको झुकावमा ४६० किलोमिटरको गोलाकार कक्षमा भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । साथै, एजेन्सीले उपग्रहहरू अहिले स्वतन्त्र रूपमा परिक्रमा गरिरहेको र उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ ।

स्प्याडेक्स जनवरी १६, सन् २०२५ मा डक गरिएका थिए । एक वरिष्ठ अधिकारीका अनुसार पछिल्लो अन्तरिक्ष विकासले भारतीय अन्तरिक्ष स्टेशन, चन्द्रमा अभियान र आकाश यान लगायत भविष्यका अभियानहरूको सहज सञ्चालनको लागि मार्ग प्रशस्त गर्नेछ ।

इसरोले डिसेम्बर ३०, सन् २०२४ मा दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा अवस्थित बङ्गालको खाडीको तटमा रहेको श्रीहरिकोटाको प्रक्षेपण प्याडबाट दुई उपग्रहहरू – एसडीएक्स०१ र एसडीएक्स०२ सहित ध्रुवीय उपग्रह प्रक्षेपण यान (पीउस्एलभी–सी६०) प्रयोग गरेर स्पाडेक्स मिसन प्रक्षेपण गरेको थियो ।

‘डक गरिएका उपग्रहहरूको इन–अर्बिट कार्यसम्पादनको व्यापक विश्लेषण गरिएको थियो । सम्पूर्ण सञ्चालनलाई ग्राउन्ड स्टेशनहरू मार्फत निगरानी गरिएको,’ इसरोले जनाएको छ । 

‘अनडकिङको यो प्रमुख कोशेढुङ्गा हासिल गरेपछि, आगामी दिनहरूमा उपग्रहहरूसँग थप प्रयोगहरूको योजना बनाइएको छ,’ एजेन्सीले विज्ञप्तिमा उल्लेख गरेको छ  । -रासस

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ४ : ०६ बजे

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब