परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा.सरोजा कार्की पाण्डे नियुक्त « Khabarhub

परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा.सरोजा कार्की पाण्डे नियुक्त


३० फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा धनुषाकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पतालमै यसअघि १५ वर्ष वरिष्ठ कन्सल्ट्यान्टका रूपमा सेवा गरेकी पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

डा. पाण्डेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्री रोग विशेषज्ञ एमडी गरेकी हुन् । यसअघि भरतपुर अस्पतालकी रजिष्ट्रार रहिसकेकी डा.पाण्डेले प्रसूति तथा स्त्री रोग सम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेकी छन् ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा उनले नेपालमा प्रजनन तथा महिला स्वास्थ्यका विविध आयामबारे अनुसन्धानात्मक लेख प्रकाशन गरिसकेकी छन् । 

प्रसूति अस्पतालमा मन्त्री पौडेलले जन्मनासाथ हुने अपांगताको निःशुल्क परीक्षण आरम्भ गरेका थिए । यसलाई निर्देशिका बनाएर देशैभरका प्रसूति सेवा प्रदान गर्ने अस्पतालमा समेत कार्यान्वयन गरिएको छ । 

डा.पाण्डेको नियुक्तिपछि मन्त्री पौडेलले अघि सारेको मातृ शिशु स्वास्थ्य सेवा सुधारको योजनामा थप योगदान हुने विश्वास गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ४ : ५६ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।