प्रधानमन्त्री कप पुरुष क्रिकेट : बागमतीको पहिलो जित « Khabarhub

प्रधानमन्त्री कप पुरुष क्रिकेट : बागमतीको पहिलो जित


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा शुक्रबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गर्दै बागमतीले पहिलो जित दर्ता गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका लागि ओपनर टेक रावतले सर्वाधिक ४५ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६६ रनको योगफल तयार गरेको थियो । बागमतीका लागि शुभ कसांकारले सर्वाधिक ७७ रन जोडे ।

त्यस्तै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा एपिएफलाई दुई विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले  लगातार तेस्रो जित निकालेको छ । एपिएफले प्रस्तुत गरेको ९५ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २६ दशमल २ ओभरमा आठ विकेट गुमाउँदै ९७ रन बनायो । पुलिसका कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए ।  

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले २७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो । एपिएफका सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । 

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ६ : १५ बजे

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले