पाल्पाका किसानलाई सहुलियतमा मकैको बीउ « Khabarhub

पाल्पाका किसानलाई सहुलियतमा मकैको बीउ


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रामपुर– रामपुर नगरपालिकाले किसानलाई अनुदानमा मकैको बीउ उपलब्ध गराएको छ । नगरपालिकाभित्र रहेका १० वडाका किसानलाई अनुदान कार्यक्रममा समाहित गर्दै साढे सात टन बीउ वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

रामपुर क्पोजित एक हजार एक सय ११ किलो, अरुण–२ जातको तीन हजार नौ सय २४ किलो र मनकामना–३ जातको दुई हजार चार सय ८८ किलो मकैको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए ।

किसानलाई ५० प्रतिशत अनुदानमा तीन वटै जातको प्रतिकिलो ७६ रुपैयाँमा नगरपालिकामार्फत उपलब्ध गराइएको उनी बताउँछन् ।
 
नगरपालिकाका किसान, कृषि समूह तथा कृषि सहकारी गरेर चार सय ३४ जनाको माग आवेदन परेको हुँदा सोही आधारमा वितरण हुने उनले बताए । उनका अनुसार नगरपालिकाले मकैको बीउका लागि गत माघ २९ देखि फागुन ११ गतेसम्म माग सूचना जारी गरेको थियो ।

सो सूचनाका आधारमा किसानले माग गरेबमोजिम बीउ ल्याएर उपलब्ध गराइएको छ । गत फागुन २८ देखि कार्यालय समयमा धमाधम वितरण कार्य भइरहेको छ । यही फागुन ५ गतेसम्म सबै किसानसमक्ष बीउ वितरण गरेर सक्ने गरी शाखाले वितरण गरिरहेको जनाएको छ । 

रामपुर क्पोजिट एक सय १५ दिन, अरुण–२ जातको ९० दिन र मनकामना–३ जातको एक सय २० देखि एक सय २५ दिनभित्र पाक्ने कृषि प्राविधिक बताउँछन् । नगरपालिकाले कृषि उत्पादनलाई जोड दिँदै विभिन्न बालीका बीउ बिजन सहुलियतमा वितरण गर्दै आइरहेको नगरप्रमुख रमणबहादुर थापा बताउँछन् । 

‘कृषिमा आत्मनिर्भर बन्न प्रेरित गर्दै नगरपालिकाले विभिन्न जातका बीउ बिजन खरिद गरेर किसानलाई उपलब्ध गराउँदै आएका छौँ, किसानले माग गरेअनुसार बीउ बिजन पाउनुभएको छ’, नगरप्रमुख थापाले भने, ‘बाहिर बजारमा महँगो मूल्यमा खरिद गर्नुभन्दा सहुलियतमा किसानलाई राहत होस् भनेर यस्ता कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाइरहेका छौँ ।’

धान, गहुँ, मकै, तरकारीलगायत विभिन्न जातका बीउ बिजन, बिरुवा ५० प्रतिशत अनुदानमा पाएपछि किसानलाई एग्रोभेटमा महँगो मूल्यमा खरिद गर्नु परेन । उन्नत जातका बीउ बिजन समयमा नै नगरपालिका कार्यालयमार्फत सहुलियतमा पाउँदा बालीनाली लगाउने समय बीउ खरिद गर्न किसानलाई अन्यत्र भतारिनुपर्ने अवस्था हटेको छ ।
 

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ८ : ०१ बजे

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित