मनाङका ९० किशोरीले लगाए एचपिभी खोप « Khabarhub

मनाङका ९० किशोरीले लगाए एचपिभी खोप


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मनाङ – हिमाली जिल्ला मनाङका ९० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । फागुन १८ देखि जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो ।

जिल्लाका खोपका लागि पहिचान गरिएका एक सय नौ किशोरीमध्ये ९० किशोरीलाई लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप अधिकृत राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार २१ किशोरीले भने जिल्ला बाहिर नै खोप लगाएका छन् ।

जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको उनले बताए । खोप अधिकृत श्रेष्ठले भने, “जिल्लाभित्रका किशोरीलाई जिल्लामा तोकिएका केन्द्रबाट खोप लगाइयो भने बाहिर रहेका किशोरीले बाहिरी जिल्लाकै खोप केन्द्रबाट खोप लगाएका छन् ।”

कक्षा ६ देखि १० सम्मका अध्ययनरत एक सय तीन किशोरीलाई एचभिपी खोप पहिचान गरिएको उनले बताए । उनले भने, “विद्यालयमा अध्ययनरत एक सय तीन किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छ गरी एक सय नौ किशोरी एचभिपी खोपका लागि पहिचान गरिएको थियो, २१ जनाले बाहिरी जिल्लाबाट खोप लगाएको जानकारी प्राप्त भएको छ ।”

मनाङको ङिस्याङ, नार्पाभूमि, चामे र नासोँ गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउनका लागि खोप केन्द्र तोकिएको थियो । जिल्लामा दुई सय थान खोप जिल्लामा भित्रिएकामा ९० थान मात्रै प्रयोग भएको उनको भनाइ छ ।

गत फागुनको १८, १९ र २० गते ङिस्याङको अन्नपूर्ण माध्यमिक विद्यालय, चामेको लोकप्रिय माध्यमिक विाद्यालय, गौरीशङ्कर आधारभूत विद्यालय र नासोंको प्रकाश ज्योति माध्यमिक विद्यालयको खोप केन्द्रबाट खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख रविना ठगुनाले बताए ।

खोप कार्यक्रम सञ्चालनका लागि सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख, सबै पालिकामा रहेको २४ वटै स्वास्थ्य संस्थाका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्याल मनाङ र जिल्ला आयुर्वेदिक अस्पताल मनाङको प्रत्यक्ष सहभागितामा खोप लगाइएको हो ।

नासों गाउँपालिका–५ स्थित प्रकाशज्योति माध्यमिक विद्यालय, चामे गाउँपालिका–१ स्थित गौरीशङ्कर माध्यमिक विद्यालय, चामे गाउँपालिका–४ स्थित लोकप्रिय माध्यमिक विद्यालय र मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा खोप केन्द्रबाट किशोरीलाई एचपिभी खोल लगाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १० : १२ बजे

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८