भारतमा स्टारलिङ्क : एयरटेलसँग मिलेर अब गाउँगाउँमा तिव्रगतिको इन्टरनेट पुर्‍याउने « Khabarhub

भारतमा स्टारलिङ्क : एयरटेलसँग मिलेर अब गाउँगाउँमा तिव्रगतिको इन्टरनेट पुर्‍याउने


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्स र भारतीय दूरसञ्चार कम्पनी एयरटेलबीच भारतमा स्टारलिङ्कको तिव्रगतिको इन्टरनेट सेवा सुरु गर्न ऐतिहासिक सम्झौता भएको छ।

एयरटेलले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘स्पेसएक्ससँगको यो सम्झौताले भारतमा हाम्रा ग्राहकहरूलाई स्टारलिङ्कको तिव्रगतिको इन्टरनेट सेवा उपलब्ध गराउने छ।’ यो भारतमा स्टारलिङ्कसँग भएको पहिलो यस्तो सम्झौता हो। यद्यपि, यो कार्यान्वयनमा आउन स्पेसएक्सले भारत सरकारबाट स्वीकृति प्राप्त गर्नुपर्नेछ।

यो सम्झौताको मुख्य उद्देश्य स्टारलिङ्कको उपग्रह प्रविधिलाई एयरटेलको विद्यमान नेटवर्कसँग जोडेर भारतका दुर्गम र ग्रामीण क्षेत्रहरूमा इन्टरनेट पहुँच विस्तार गर्नु रहेको छ। एयरटेलले भनेको छ, ‘हामी स्पेसएक्ससँग मिलेर स्टारलिङ्कको प्रविधिबाट हाम्रा सेवाहरू कसरी सुधार गर्न सकिन्छ भनेर अनुसन्धान गर्नेछौं।’

यो सहकार्यले विशेष गरी ग्रामीण क्षेत्रका विद्यालय, स्वास्थ्य केन्द्र र दुर्गम समुदायहरूलाई तिव्रगतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। एयरटेलको भारतीय बजारमा व्यापक अनुभवले स्पेसएक्सलाई आफ्ना सेवाहरू प्रभावकारी रूपमा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका भ्रमणमा रहँदा मस्कलाई भेटेका थिए। सो भेटमा दुईबीच विभिन्न क्षेत्रमा सहकार्य गर्नेबारे चर्चा भएको थियो। त्यसपछि अहिले यो घोषणा भएको हो।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  २ : १६ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति