एम्बाप्पेले रातो कार्ड पाएको खेलमा रियलको जित « Khabarhub

एम्बाप्पेले रातो कार्ड पाएको खेलमा रियलको जित


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार खेलाडी केलिएन एम्बाप्पेले रातो कार्ड पाएको खेलमा रियल म्याड्रिडले जित हात पारेको छ। स्पेनिस ला लिगाको आइतबार भएको डेपोर्टिभो अल्भाससँगको खेलमा रियलले एन्टेनियो ब्लान्कोलाई हात हालेको कारण एम्बाप्पेलाई पहेँलो कार्ड देखाइए पनि भिडियो रिप्ले हेर्दै रातो कार्ड देखाइएको हो।

३४ औँ मिनेटमा एडुर्डो कामाभिङ्गाले रियलका लागि गोल गरेका थिए। त्यसको चार मिनेट पछि नै सो घटना भएको हो। रियलले सो खेलमा १–० को जित हात पारेको हो।

आइतबार भएको अन्य खेलमा एथलेटिक क्लबले रायो भल्कानोलाई ३-१ ले, भिल्लारियलले रियल बेटिसलाई २-१ ले , ओसासुनाले गिरोनालाई २-१ ले हराए।

ला लिगाको अङ्क तालिकामा बार्सिलोना ७० अङ्कसहित शीर्ष स्थान भने रियल म्याड्रिडको ६६, एट्लेटिको म्याड्रिडको ६० तथा एथलेटिक बिलबाओको ५७ अङ्क छ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ७ : ५२ बजे

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा