‘जारी’ ले छुटाएको रामबाबु र उपेन्द्रलाई ‘जारी–२’ ले मिलायो, वैशाख अन्तिमबाट छायाङ्कन « Khabarhub

‘जारी’ ले छुटाएको रामबाबु र उपेन्द्रलाई ‘जारी–२’ ले मिलायो, वैशाख अन्तिमबाट छायाङ्कन


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं २०८० को नयाँ वर्षका अवसरमा फिल्म जारी प्रदर्शनमा आयो । यही फिल्मबाट कवि उपेन्द्र सुब्बाले निर्देशनमा डेब्यू गरे । फिल्मको निर्माता भने निर्देशक रामबाबु गुरुङ थिए ।

उपेन्द्र र रामबाबुको फिल्म सहकार्य हिट सिरिज ‘कबड्डी’बाट सुरु भएको हो । ‘जारी‘ बक्स अफिसमा सफल भएपछि उनीहरूको सम्बन्धमा चिसो पस्यो ।

गसिपअनुसार यी दुईको सम्बन्ध जारीको मुनाफालाई लिएर भएको हो । तथापि दुवैले सार्वजनिक रुपमा एक-अर्काप्रति टिप्पणी गरेनन् ।

सम्बन्धमा चिसो भने पसेकै हो । उनीहरू छुट्टिएर छुट्टाछुट्टै फिल्म पनि बनाए । रामबाबुले फिल्म ‘डिग्री माइला’ बनाए । उपेन्द्रले ‘मनसरा’ बनाए ।

यो पनि : भएकै हो त रामबाबु र उपेन्द्रको पुनर्मिलन ?

दुवैको फिल्म व्यापारिकरुपमा अपेक्षित चलेनन् । ०८१ मङ्सिरमा यी दुईको सम्बन्धमा सुधार भयो । अहिले उनीहरू सहकार्यका लागि तयार भएका छन् ।

रोचक कुरा त के छ भने- यी दुईको सम्बन्ध जुन फिल्मले चिसियो, त्यही फिल्मको सिक्वेलले उनीहरूलाई फेरि सहकार्य गराएको छ ।

नयाँ वर्ष ०८२ को अवसर पारेर उपेन्द्र सुब्बाले ‘जारी-२’ निर्माणको घोषणा गरेका छन् । यस फिल्मको लेखक र निर्देशक उपेन्द्र हुन् भने निर्माता रामबाबु गुरुङ हुन् ।

रामबाबुको ब्यानर बाँसुरी र उपेन्द्रको ब्यानर ‘कबड्डी फिल्मस्’ को सहकार्यमा नै यो फिल्म बन्ने भएको हो ।

उपेन्द्रले फिल्मको फर्स्टलुक सार्वजनिक गरी फिल्म निर्माणबारे जानकारी दिएका हुन् । यो पोस्टरमा नायक दयाहाङ राईले च्याब्रुङ बजाउँदै गरेको देख्न सकिन्छ ।

वैशाख तेस्रो साताबाट छायाङ्कन सुरु हुने भनिएको यस फिल्मको केन्द्रीय भूमिकामा नायक दयाहाङसहित विजय बराल र मिरुना मगर रहने बताइएको छ ।

उनीहरूसहित फिल्ममा नायिका ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, वेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहने बताइएको छ ।

यस फिल्मको स्लोगन ‘सङ अफ च्याब्रुङ’ राखिएको छ । फिल्मको छायाङ्कन पाँचथरको विभिन्न स्थानमा हुने बताइएको छ । आगामी दसैँलाई लक्षित गरी फिल्म प्रदर्शनमा ल्याउने तयारीमा निर्माणपक्ष रहेको बुझिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १ : ३७ बजे

रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता

एजेन्सी– रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट 

काठमाडौं– नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८

जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ– मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन