‘जारी’ ले छुटाएको रामबाबु र उपेन्द्रलाई ‘जारी–२’ ले मिलायो, वैशाख अन्तिमबाट छायाङ्कन « Khabarhub

‘जारी’ ले छुटाएको रामबाबु र उपेन्द्रलाई ‘जारी–२’ ले मिलायो, वैशाख अन्तिमबाट छायाङ्कन


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं २०८० को नयाँ वर्षका अवसरमा फिल्म जारी प्रदर्शनमा आयो । यही फिल्मबाट कवि उपेन्द्र सुब्बाले निर्देशनमा डेब्यू गरे । फिल्मको निर्माता भने निर्देशक रामबाबु गुरुङ थिए ।

उपेन्द्र र रामबाबुको फिल्म सहकार्य हिट सिरिज ‘कबड्डी’बाट सुरु भएको हो । ‘जारी‘ बक्स अफिसमा सफल भएपछि उनीहरूको सम्बन्धमा चिसो पस्यो ।

गसिपअनुसार यी दुईको सम्बन्ध जारीको मुनाफालाई लिएर भएको हो । तथापि दुवैले सार्वजनिक रुपमा एक-अर्काप्रति टिप्पणी गरेनन् ।

सम्बन्धमा चिसो भने पसेकै हो । उनीहरू छुट्टिएर छुट्टाछुट्टै फिल्म पनि बनाए । रामबाबुले फिल्म ‘डिग्री माइला’ बनाए । उपेन्द्रले ‘मनसरा’ बनाए ।

यो पनि : भएकै हो त रामबाबु र उपेन्द्रको पुनर्मिलन ?

दुवैको फिल्म व्यापारिकरुपमा अपेक्षित चलेनन् । ०८१ मङ्सिरमा यी दुईको सम्बन्धमा सुधार भयो । अहिले उनीहरू सहकार्यका लागि तयार भएका छन् ।

रोचक कुरा त के छ भने- यी दुईको सम्बन्ध जुन फिल्मले चिसियो, त्यही फिल्मको सिक्वेलले उनीहरूलाई फेरि सहकार्य गराएको छ ।

नयाँ वर्ष ०८२ को अवसर पारेर उपेन्द्र सुब्बाले ‘जारी-२’ निर्माणको घोषणा गरेका छन् । यस फिल्मको लेखक र निर्देशक उपेन्द्र हुन् भने निर्माता रामबाबु गुरुङ हुन् ।

रामबाबुको ब्यानर बाँसुरी र उपेन्द्रको ब्यानर ‘कबड्डी फिल्मस्’ को सहकार्यमा नै यो फिल्म बन्ने भएको हो ।

उपेन्द्रले फिल्मको फर्स्टलुक सार्वजनिक गरी फिल्म निर्माणबारे जानकारी दिएका हुन् । यो पोस्टरमा नायक दयाहाङ राईले च्याब्रुङ बजाउँदै गरेको देख्न सकिन्छ ।

वैशाख तेस्रो साताबाट छायाङ्कन सुरु हुने भनिएको यस फिल्मको केन्द्रीय भूमिकामा नायक दयाहाङसहित विजय बराल र मिरुना मगर रहने बताइएको छ ।

उनीहरूसहित फिल्ममा नायिका ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, वेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहने बताइएको छ ।

यस फिल्मको स्लोगन ‘सङ अफ च्याब्रुङ’ राखिएको छ । फिल्मको छायाङ्कन पाँचथरको विभिन्न स्थानमा हुने बताइएको छ । आगामी दसैँलाई लक्षित गरी फिल्म प्रदर्शनमा ल्याउने तयारीमा निर्माणपक्ष रहेको बुझिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १ : ३७ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि