फिल्म ‘द महावीर’ का लागि कलाकार खोजी, यस्तो छ माग « Khabarhub

फिल्म ‘द महावीर’ का लागि कलाकार खोजी, यस्तो छ माग


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संगीतकार सुरेश अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘महावीर’का लागि नयाँ कलाकारले अवसर पाउने भएका छन् ।

स्क्रिप्टको मागअनुसार नयाँ कलाकारको आवश्यक परेकाले निर्माण पक्षले अडिसनका लागि आह्वान गरेको हो । विभिन्न उमेर समूहका आधा दर्जनभन्दा बढी भूमिकाका लागि निर्माण पक्षले अडिसन खुलाएको हो ।

निर्माण पक्षले परिवारको हेरचाह गर्ने भूमिकाका लागि महिला कलाकार मागेको छ । यो भूमिकाका लागि ३०–४० वर्षको उमेरका महिलाले अडिसन दिन सक्नेछन् ।

हल्का कालो वर्ण र राम्रो नृत्य क्षमता भएकी २०–२५ वर्षकी युवतीको भूमिका निर्वाह गर्न पनि कलाकारको माग गरिएको छ ।

हल्का कालो छाला भएको मिक्स जनजाति फेस देखिने १० देखि १२ वर्ष उमेरको पुरुष कलाकार, ६ फिट अग्लो आर्य फेस भएको ३५ देखि ४० वर्षको पुरुष (एथलेटिक्स) का लागि पनि माग गरिएको छ ।

४० देखि ५० वर्षको ‘फ्याट एन्ड लेजी लुक्स’ भएकी जनजाति महिलाको भूमिकाको लागि पनि अडिसन खुलाइएको छ ।

२५ देखि ३० वर्ष उमेर समूहको फिट बडी भएको जनजाति लुक्सको पुरुष पात्र चाहिएको निर्माणपक्षले बताएको छ ।

६ फिट अग्लो ‘फिट एन्ड फाइन’ देखिने २५ देखि ३० (एथलेट्स) आर्य फेस, बोल्ड एन्ड कमान्डिङ ६० देखि ६५ वर्ष उमेरको जनजाति उमेरको पुरुष र ५० देखि ६० वर्षको अग्लो, स्वस्थ जनजातिको भूमिकाका लागि पनि निर्माण पक्षले माग गरेको छ ।

गोरो छाला भएको दृष्ट र धूर्त देखिने ५० देखि ६० वर्षको आर्य फेस भएको पुरुष कलाकार र स्मार्ट लुकिङ आर्य फेस भएको ७ देखि १० वर्ष उमेरको बाल कलाकारसमेत अडिसन खुला भएको निर्माण पक्षले बताएको छ ।

निर्माण पक्षकाअनुसार अनुभवी र नयाँ सबैलाई अवसर दिइने बताइएको छ । पहिलो चरणमा डिजिटल अडिसन दिनुपर्नेछ । एक मिनेटको भिडियो वैशाख १ गतेदेखि ३ गतेसम्म पठाइसक्नुपर्नेछ ।

दोस्रो चरणमा डिजिटल अडिसनमा छनोट भएकालाई फिजिकल अडिसन लिइनेछ । दोस्रो चरणमा छनोट भएकालाई फोन गरेर बोलाइनेछ ।

‘द महावीर’को थिम पोस्टर सार्वजनिक भइसकेको छ । जिबी आग्रीले निर्देशन गर्ने बताइएको छ ।

एक साताअघि थिम पोस्टर सार्वजनिक गरी यस फिल्म निर्माणको घोषणा गरिएको थियो । यो फिल्म हिन्दी र नेपाली भाषामा निर्माण हुने बताइएको छ । कथा, कलाकार र प्रदर्शन मितिबारे निर्माण पक्षले जानकारी दिएको छैन ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  २ : ५४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्