नगरकोट भ्रमण वर्ष सुरु « Khabarhub

नगरकोट भ्रमण वर्ष सुरु


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाली नयाँ वर्षको अवसर पारेर सोमबारदेखि नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ सोमबारदेखि सुरु भएको छ ।
घरेलु उत्पादनका ६० स्टल राखी चाँगुनारायणका, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाको संयुक्त आयोजनामा भ्रमण वर्षको आरम्भ गरिएको हो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीका अनुसार सोमबार पहिलो दिन विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी र र्‍याली प्रदर्शन गरिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भइरहेका छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न हजारौँ पर्यटक आइतबार नगरकोट पुगेका थिए ।

भ्रमण वर्षमा आउने पर्यटकलाई नगरकोटका साथै भक्तपुर, काभ्रेपलाञ्चोकको मण्डन देउपुर, बनेपा, काठमाडौँको शङ्खरापुर नगरपालिकाका होटल तथा यहाँका घरबासमा खाने बस्ने व्यवस्था गरिएको छ । नगरकोट पुग्ने सबै सडक स्तरोन्नति गरिएको, चारवटै पालिकाबाट सहजै नगरकोट पुग्ने व्यवस्था गरिएको तथा काठमाडौँ–नगरकोट सिधा बस सेवा सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  २ : ०५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल