०८१ का सफल पाँच फिल्म : चार नायक, एक्ली केकी « Khabarhub

०८१ का सफल पाँच फिल्म : चार नायक, एक्ली केकी


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो वर्ष नेपाली फिल्म इतिहासको बक्स अफिस कलेक्सनमा नयाँ कीर्तिमान बन्यो ।

चलचित्र विकास बोर्डका अनुसार फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले ४६ करोड ८० लाखभन्दा केही बढी ग्रस कलेक्सन गर्‍यो । यसअघि कुनै फिल्मको बक्स अफिस आँकडा यति थिएन ।

यो वर्ष व्यवसायिक रुपमा सफल दोस्रो र तेस्रो फिल्मको ग्रस कलेक्सन जोड्ने हो भने पनि ‘पूर्णबहादुरको सारङ्गी’ लाई भेट्न सक्दैनन् ।

यो वर्षको व्यवसायिकरुपमा सफल दोस्रो फिल्म ‘१२ गाउँ’ हो । यस फिल्मले १९ करोड ९२ लाख ग्रस कलेक्सन गरेको छ ।

सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने तेस्रो फिल्म ‘छक्का पञ्जा–५’ हो । यसले १५ करोड २० लाखको व्यापार गरेको छ ।

त्यस्तै अर्काे सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘बोक्सीको घर’ । यसले १० करोड ग्रस कलेक्सन गरेको छ ।

सबैभन्दा बढी व्यापार गर्ने पाँचौ फिल्म भने ‘अञ्जिला’ हो । चैत अन्तिम सातासम्म याे फिल्मले ७ करोड ५० लाखको व्यापार गरेको छ ।

एक्ली केकी

०८१ साललाई हेर्ने हो भने पुरुष केन्द्रित फिल्म नै हाबी देखिन्छन् । महिला कलाकार हाबी भएका फिल्म नगन्य सङ्ख्यामा बने ।

बक्स अफिस कलेक्सन हेर्दा पनि बढी व्यापार गर्ने फिल्ममा पुरुष कलाकार हाबी भएका फिल्म नै छन् ।

‘पूर्णबहादुरको सारङ्गी’ मा नायक विजय बराल छन् । फिल्ममा उनी नै हाबी छन् । नायिका अञ्जिना बराइलीको उपस्थिति फिल्ममा सशक्त छैन ।

‘१२ गाउँ’मा नायक विराज भट्ट र उनका छोरा नवनायक समीर हाबी छन् । ‘छक्का पञ्जा–५’ मा पनि पुरुष कलाकार नै हाबी छन् ।
‘अञ्जिला’ नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अञ्जिाला तुम्बापो सुब्बाकाे जीवनीमा आधारित कथामा बने पनि पुरुष कलाकार नै हाबी छन् ।

यस फिल्ममा सिर्जना सुब्बाको उपस्थिति सशक्त छ तर उनलाई सहायक कलाकारका रुपमा चित्रण गरिएको छ ।

नायिका हाबी भएको अर्थात् महिला कलाकार केन्द्रित सफल फिल्म ‘बोक्सीको घर’ हो । जसमा नायिका केकी अधिकारी एकल शीर्ष भूमिकामा छिन् ।

यो वर्षका व्यवसायिक सफल पाँच फिल्म मध्ये चारमा पुरुष कलाकार हाबी छन् । एक फिल्ममा भने केकी अधिकारीले स्थान बनाएकी छन् । अर्थात् उत्कृष्ट पाँच स्थानमा नायिका केकी एक्ली छन् । यो फिल्मकी निर्माता पनि उनी आफैँ हुन् ।

२०८१ सालले पनि नेपाली फिल्ममा महिला कलाकारको उपस्थिति कमजोर छ भन्ने सन्देश बोकेको देखिन्छ । केकीको ‘बोक्सीको घर’ यो वर्ष प्रदर्शनमा नआएको भए उत्कृष्ट पाँच महिला कलाकार हाबी भएको फिल्म नपर्ने देखिन्छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ३ : ५८ बजे

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म

डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार

लागूऔषधसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्साको

न्युयोर्क टाइम्स लेख्छ : मिसाइल संकट चुलिएपछि ट्रम्पले इरानमाथिको ठूलो आक्रमण रोके

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनासँग हवाई प्रतिरक्षा मिसाइलको