प्रधानमन्त्रीलाई काग्रेस नेता परियारको पत्र- शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ « Khabarhub

प्रधानमन्त्रीलाई काग्रेस नेता परियारको पत्र- शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियारले नेपाल शिक्षक महासंघका माग सम्बोधनको आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसुबकमार्फत् प्रधानमन्त्री ओलीलाई शिक्षक महासंघले अघि सारेका मागहरू सम्बोधनको आग्रह गर्दै खुला पत्र लेखेका हुन् ।

सह-महामन्त्री परियारले शिक्षक महासंघसँग विगतमा सरकारले पटक–पटक गरेका सम्झौताहरू स्मरण गराउँदै शिक्षकका उठाएका जायज मागप्रति आफ्नो समर्थन रहेको उल्लेख गरेका छन् ।

‘पार्टीको तर्फबाट अनौपचारिक रुपमा सरकारका सरोकारवाला मन्त्रीहरूसँग बारम्बार छलफल भएको नै छ,’ उनले लेखका छन्, ‘तथापि, आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो भन्ने हामीलाई लागेको छ ।’

शिक्षक आन्दोलनप्रति सरकार गम्भीर नभएको भन्दै परियारले शिक्षकको शालीनतालाई कमजोरीका रुपमा त हेरिएको होइन भन्दै प्रश्नसमेत गरेका छन् ।

‘यदि, शिक्षक महासंघको आन्दोलन अब १–२ दिनभित्र समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ भन्ने मेरो पार्टीसँग समेत जोडदार माग रहने छ,’ सह-महामन्त्री परियारले भनेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  २ : ४१ बजे

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय

नेप्से परिसूचक १६.४७ अंकले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले

समावेशी आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण