मातातीर्थ ब्रेकर प्यानलमा आगलागी, वैकल्पिक व्यवस्थाबाट बिजुली « Khabarhub

मातातीर्थ ब्रेकर प्यानलमा आगलागी, वैकल्पिक व्यवस्थाबाट बिजुली


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूमिगत लाइन परीक्षणका क्रममा मातातीर्थ सवस्टेसनमा आगलागी भएपछि काठमाडौँ उपत्यकामा वैकल्पिक माध्यमबाट बिजुली उपलब्ध गराइएको छ ।

नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सवस्टेसनअन्तर्गतको ११ केभी फिडर लाइनमा विद्युत् आपूर्ति नियन्त्रणका लागि प्रयोग हुने ब्रेकर प्यानलमा आइतबार दिउँसो अचानक आगलागी भएपछि विद्युत् अवरुद्ध भएको थियो ।

उक्त घटनाका कारण केही समयका लागि तीनवटा फिडरमार्फत वितरण हुने क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रभावित भएका अधिकांश क्षेत्रमा आइतबारदेखि विद्युत् आपूर्ति पुनःसञ्चालन गरिसकेको जानकारी दिए ।

बूढानीलकण्ठ र चपली सवस्टेसनबाट आवश्यक स्वीचगियर ल्याएर प्रतिस्थापन प्रक्रिया अगाडि बढाइएको शाक्यले बताए । उनले तत्कालका लागि स्युचाटार सवस्टेसनबाट आपूर्ति रिरोटिङ गरी अधिकांश क्षेत्रको विद्युत् सेवा पुनः सञ्चालन ल्याइएको जानकारी दिए ।

भूमिगत लाइन परीक्षणको क्रममा आगलागी भएको हुँदा यसको सम्पूर्ण जिम्मेवारी निर्माण ठेकेदारले लिनुपर्ने प्राधिकरणले जनाएको छ । ‘ब्रेकर प्यानलको स्वीच सञ्चालन गर्ने क्रममा स्पार्क भई आगलागी भएको हो, जलेका उपकरण ठेकेदारले प्रतिस्थापन गर्नेछ’, कार्यकारी निर्देशक शाक्यले भने ।

उक्त घटनाले काठमाडौँ उपत्यकामा निर्माणाधीन भूमिगत केबल प्रणालीको विश्वसनीयता माथि पनि प्रश्न उठाएको छ । भूमिगत पाइपलाइन प्रणालीको स्थायित्व र सम्भावित जोखिमहरूबारे थप अध्ययन आवश्यक रहेको पाइएको छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदीन आवश्यक प्राविधिक सुधार र जोखिम मूल्यांकनका उपायहरू अपनाइनुपर्ने देखिन्छ ।

कार्यकारी निर्देशक शाक्यले आगामी दिनमा प्राविधिक त्रुटिको यथार्थ पत्ता लगाई भविष्यमा यस्ता समस्या पुनः नदोहोरिÞने गरी आवश्यक कदम चालिने बताए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  २ : ५१ बजे

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म डेजको