फोर नेसन्स कप बक्सिङमा नेपाललाई ४ स्वर्ण « Khabarhub

फोर नेसन्स कप बक्सिङमा नेपाललाई ४ स्वर्ण


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भुटानको थिम्पुमा सम्मन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ ।

यो नतिजासँगै ४ राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोस्रो भयो । भुटान पहिलो भयो । यिनै चार टिमको संयुक्त प्रशिक्षण शिविरसमेत सम्पन्न भएको नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जनाएका छन् ।

प्रशिक्षण अप्रिल ८–१० तारिख तथा प्रतियोगिता अप्रिल ११–१३ तारिखसम्म भएको थियो । नेपालको ७ खेलाडी फाइनल पुगेकोमा चारले स्वर्ण जित्न सफल भएका थिए ।

महिला ५० केजी तौलसमूहमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५–० अंकले पराजित गरी पहिलो स्वर्ण दिलाइन् । महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५–० अंकले हराउँदै नेपाललाई दोस्रो स्वर्ण दिलाइन् । त्यसैगरी महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४–१ अंकको पछि पार्दै स्वर्ण जितिन् ।

पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारत (सिक्कीम) का कृष्ण कैलाश राईलाई ५–० अंकले पाखा लगाउँदै स्वर्ण जिते । पुरुष ४८ केजी तौल समूहमा नेपालका लालप्रसाद उप्रेती प्रतिस्पर्धात्मक खेलमा भुटानका दोर्जे मगरसँग ४–१ अंकले पराजित हुँदै दोस्रो भए । पुरुष ५४ केजी समूहमा नेपालले ठूलो आशा गरेको चन्द्रबहादुर थापा बंगलादेशका महोमद उन्सोवसँग फाइनलमा ३–२ अंकले चुके ।

तीनै राउन्ड नै आफ्नो पक्षमा पार्दै उत्कृष्ट खेल प्रदर्शन गरेका चन्द्रले अन्तिम राउन्डमा रेफ्रीको चेतावनी पाई अंक बराबर हुँदा पुनः जजहरूले अंक दिँदा‍ ३:२ ले पछि पर्दै रजतमा सीमित भए । यस अघि चन्द्रले सेमिफाइनलमा भारतका खेलाडीलाई ५–० ले पन्छाउँदै फाइनल पुगेका थिए ।

भुटान बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपालबाट प्रशिक्षकमा मुख्य प्रशिक्षक ओलम्पियन प्रवीण तुलाधर, आईबा थ्री स्टार कोच दीपक महर्जनका साथमा सहयोगी प्रशिक्षकहरू उमेश कटुवाल र सन्दिप श्रेष्ठ थिए । भुटान बक्सिङ संघको निमन्त्रणामा प्रतियोगिता सञ्चालनका लागि टेक्निकल डेलिगेट हेडको रुपमा नेपालको पहिलो अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल पुष्करराज पन्तलाई जिम्मेवारी दिइएको थियो ।

रेफ्री–जजमा नेपालबाट आईबिए थ्री स्टार रेफ्री–जज धनकुमार मैनाली, टु स्टार रेफ्री–जज सन्तोष आले मगर, वान स्टार रेफ्री–जज अनुराधा लामा, जीवन कवाँ र राजकुमार महर्जनले निर्णायकको भूमिका निर्वाह गरेका थिए । नेपालबाट सहभागी असिम न्यौपानेले स्कोरिङ अप्रेटरको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ५ : ०८ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै