वाणिज्य बैंकको ब्याजदर : १६ वटाको यथावत, एउटाले बढाउँदा तीन वटाले घटाए « Khabarhub

वाणिज्य बैंकको ब्याजदर : १६ वटाको यथावत, एउटाले बढाउँदा तीन वटाले घटाए


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्ष (२०८२) वैशाख महिनाका लागि २० मध्ये १६ वाणिज्य बैंकले ब्याजदर यथावत राखेका छन् । एउटा बैंकले ब्याजदर बढाएको छ भने तीनवटा बैंकले घटाएका छन् ।

वैशाखमा ब्याजदर बढाउनेमा एभरेष्ट बैंक छ । चैतमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर एभरेष्टको ६ प्रतिशत रहेको ब्याजदर वैशाखमा ०.६१ प्रतिशतले बढाएर ६.६१ प्रतिशतमा पुराएको छ ।

सानिमा, नेपाल र कुमारी बैंकले ब्याजदर घटाएका छन् । सानिमाको चैतमा सानिमाको ६.०५ रहेकोमा ०.१ प्रतिशतले घटाएर ५.९५ प्रतिशतमा झारेको छ ।

त्यस्तै, नेपाल बैंकले चैतमा ५.५ प्रतिशत रहेको ब्याजदर ०.३५ प्रतिशतले घटाएर ५.५१ मा झारेको छ भने कुमारी बैंकको चैतमा कुमारीको ६.०१ प्रतिशत रहेको ब्याजदर ०.०९ प्रतिशतले घटाएर ५.९२ प्रतिशत कायम छ ।

जसमध्ये व्यक्तिगत मुद्दतीतर्फ लक्ष्मी सनराइजको ४.७५ प्रतिशत, हिमालयन बैंकको घटाएर ५.५ प्रतिशत, एनआईसी एशियाको ६.६, एनएमबीको ६.६, नेपाल इन्भेष्टमेन्ट मेगाको ६.५, प्राइम कमर्सियलको ६.२५, स्टान्डर्ड चार्टर्डको ६.२५ र प्रभुको ६.१, रहेको छ ।

यसका साथै वैशाख महिनाका लागि माछापुच्छ्रे ६, राष्ट्रिय वाणिज्यको ६, सिद्धार्थको ६, ग्लोबल आइएमईको ६, नविलको ५.७५, सिटिजन्सको ५.६५, कृषि विकासको ५.५१ र नेपाल एसबिआईको ५.५ प्रतिशत व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर तोकिएको छ ।

चैत महिनामा बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फको औसत ब्याजदर ५.९३ प्रतिशत रहेकोमा वैशाखमा ५.९८ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ५ : १५ बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार