सिक्किममा हुने उसु प्रो नाइट्स फाइटमा नेपालले सहभागिता जनाउने « Khabarhub

सिक्किममा हुने उसु प्रो नाइट्स फाइटमा नेपालले सहभागिता जनाउने


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिक्किम एमेच्योर उसु संघको आयोजना हुन लागेको उसु प्रो नाइट्स फाइटमा सहभागी हुन मार्सल आर्ट्स अर्गनाइजेसन नेपालबाट ५ खेलाडीसहित ८ सदस्यीय टोली वैशाख २ गते भारतको सिक्किमस्थित ग्यान्टोक प्रस्थान गर्ने भएको छ ।

प्रतियोगितामा विभिन्न ५ तौल समूहमा नेपाल र सिकिम्मका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । अप्रिल १६ तारिखमा हुने प्रतियोगितामा नेपालबाट मिलन राईले ५२ केजी, निश्चल तामाङले ५६ केजी, कमल आचार्य ६० ले केजी, मिलन तामाङले ६५ केजी र विनोद श्रेष्ठले ७० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा राजीव महर्जन, टिम व्यवस्थापकमा किरणसिंह साउद र निर्णायकमा शंकर भुजेल टोलीसँग सिक्किम जाने छन् । हरेक स्पर्धामा पहिलो हुनेले ५० हजार र दोस्रो हुनेले २० हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

टोलीलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए । उनले खेलाडीलाई पदक जितेर आउन शुभकामना दिँदै उसु खेलको विकास र विस्तारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा मेयर डंगोलले टोलीलाई व्यक्तिगत रूपमा ट्रयाकसुट प्रदान गरेको प्रशिक्षक महर्जनले बताए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ५ : ४८ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि