कौरा नृत्यमा रमाए विदेशी पर्यटक « Khabarhub

कौरा नृत्यमा रमाए विदेशी पर्यटक


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तनहुँ – यहाँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक कौरा नृत्यमा छमछमी नाचेका छन् । बन्दीपुरमा जारी १३औँ सांस्कृतिक तथा सडक खाना महोत्सवका अवसरमा आज विदेशी पर्यटक कौरा नाचेका हुन् ।

मगर समुदायको प्रख्यात उक्त नाच महोत्सवमा प्रस्तुत गरिएको थियो । मगर समुदायका युवायुवतीसँगै विदेशी पर्यटकले उक्त नाचमा सहभागिता जनाएका थिए । नेपाली समुदायको कला, संस्कृति र रितीरिवाज देखेर विदेशी पर्यटक मोहित भएको बन्दीपुर भ्रमण वर्ष २०२५ का सचिवालय संयोजक वैशबहादुर गुरुङले जानकारी दिए ।

उनले भने, “महोत्सवमा विभिन्न जातजातिका कला, संस्कृति, नृत्य प्रवर्द्धन गरेका छौँ । बन्दीपुरभित्रका मगर, गुरुङ, नेवार जातजातिका नाचलाई समावेश गरेका छौँ ।”

बन्दीपुर भ्रमण वर्ष भर विविध कार्यक्रम गरिने गुरुङको भनाइ छ । महोत्सवमा विभिन्न रैथाने समुदायले बनाउने परिकारको स्वाद लिन पाइने जनाइएको छ ।

महोत्सवका अवसरमा विविध जातजातिका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । मगर, नेवार, गुरुङ, ब्राम्हणलगायत अन्य जातजातिका सांस्कृतिक नाचलाई सडक खाना महोत्सवमा समावेश गरिएको बन्दीपुर भ्रमण वर्षका प्रचारप्रसार संयोजक राजु बानियाँले जानकारी दिए ।

आन्तरिक पर्यटकको अलवा बन्दीपुरमा विदेशी पर्यटकको उत्तिकै भीड हुन्छ । यहाँ विशेषगरी चिनियाँ पर्यटकको सङ्ख्या बढी छ । नेपाल आएका अधिकांश पर्यटक एक रात बस्नका लागि बन्दीपुर आउने गरेका छन् ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर घुम्न आउने विदेशी पर्यटक यहाँको संस्कृति देखेर मोहित हुने गरेको बताए । उनले भने, “यहाँको संस्कृति देखेर विदेशीहरु रमाउँछन् । अन्य बेलामा यहाँको कला संस्कृतिबारे विदेशीलाई जानकारी गराउने गरेका छौँ ।”

बिस्केटजात्रा प्रदर्शन

यसैगरी बन्दीपुरमा आज बिस्केटजात्रा प्रदर्शन गरिएको छ । नेवार समुदायको जात्रा ंसंरक्षण गर्ने उद्धेश्यसहित बिस्केटजात्रा प्रदर्शन गरिएको हो । बन्दीपुरका नेवारहरुले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउँदै आएका छन् । बन्दीपुर नेवा पुचःका अध्यक्ष किसान प्रधानले पुर्खाहरुले मनाउँदै आएका पर्व र संस्कृति बिर्सने नभइ प्रत्येक वर्ष त्यसलाई निरन्तरता दिँदै आएको बताए ।

बन्दीपुरमा बस्ती मगर समुदायले बसालेका हुन् । त्यसैकारण बन्दीपुरको नामाकरण मगर भाषामै गरिएको छ । वन भनेको जङ्गल र डि भनेको मगर भाषामा पानी हो । विस्तारै मगर समुदाय यहाँबाट पलायन हुन थाले र नेवार समुदायको उपस्थिति बढ्न थालेको बताइन्छ ।

बन्दीपुर बजारमा मात्रै एक सय ३४ घरधुरी नेवार समुदायको छ । बन्दीपुरमा भक्तपुरे शैलीका घर निर्माण गरिएका छन् । बन्दीपुरमा नेवार समुदायले बिस्केट जात्रा, लाखे नाच, गाईजात्रा, बाघ जात्रा, रोपाइँ जात्रालगायत मनाउँदै आएका छन् ।

बन्दीपुरमा २५० वर्ष अघिदेखि नेवार समुदायले विभिन्न जात्रा प्रदर्शन गर्दै आएका छन् । प्रधानले भने, “भक्तपुरबाट बन्दीपुर नेवार बसाइँसराइँ मात्रै गरेनन्, संस्कृति पनि लिएर आएँ । त्यही संस्कृतिको संरक्षण नेवार समुदायले गरिरहेका छन् ।”

पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्दा भक्तपुरका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशी सहरु बन्दीपुर पसेको इतिहास छ । व्यापार गर्न बन्दीपुर छिरेका भक्तपुरका नेवारहरुकै कारण बन्दीपुरमा आजसम्म विभिन्न जात्राको परम्परा रहँदै आएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १० : ४१ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने