बंगलादेशद्वारा नेपालसहित भारत र भुटानबाट विभिन्न सामग्री आयातमा रोक « Khabarhub

बंगलादेशद्वारा नेपालसहित भारत र भुटानबाट विभिन्न सामग्री आयातमा रोक


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेशको नेसनल बोर्ड अफ रेभेन्यू एनबीआर ले नेपालसहित भारत र भुटानबाट विभिन्न मालवस्तुको आयातमा रोक लगाउने निर्णय गरेको छ । आइतबार राजपत्रमा प्रकाशित सूचनाअनुसार धागो, धुलो पाउडर, सुर्ती, पत्रिकाको कागज, विभिन्न प्रकारको कागज, पेपरबोर्डलगायत सामग्रीको आयातमा रोक लगाइएको बंगला ट्रिब्युयनमा प्रकाशित समाचारमा उल्लेख गरिएको हो ।

यो निर्देशन एनबीआरको भन्सार शाखाले जारी गरेको हो । सूचनाअनुसार नेपाल र भुटानमा उत्पादन र प्रशोधन गरिएका धागो र आलुबाहेक अन्य सामग्रीलाई भने आयातको अनुमति दिइनेछ ।

उता, भारतका लागि भने यो सूची अलि विस्तृत छ । भारतबाट डुप्लेक्स बोर्ड, न्युजप्रिन्ट, क्राफ्ट पेपर, सिगरेट पेपर, माछा, धागो, आलु, दुध पाउडर, सुर्ती, रेडियो र टिभीको पार्टपुर्जा, साइकल र मोटरको पार्टपुर्जा, फोरमाइका सिट, सेरामिक, सेनिटरी सामग्री, स्टेनलेस सामग्री, मार्बल स्ल्याब, टाइल्स र मिश्रित कपडा रहेका छन् ।

यसमा भ्याटमा रजिस्टर भएका बिडी उत्पादक उद्योगहरूलाई भने सुर्तीको पत्ता आयात गर्न दिइने उल्लेख छ । यो सूचना तत्काल लागू हुने बताइएको छ । भन्सार स्रोतले यो प्रतिबन्ध स्थानीय उद्योगलाई रक्षा गर्न र अवैध पुनः निर्यात रोक्न लागू गरिएको बताएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ७ : ०० बजे

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको