सामाजिक सञ्जालमा सरकार र एमालेको विरोध गर्नेको प्रतिरोधमा उत्रिन कार्यकर्तालाई ओलीको निर्देशन | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा सरकार र एमालेको विरोध गर्नेको प्रतिरोधमा उत्रिन कार्यकर्तालाई ओलीको निर्देशन


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन ०८४ मा बहुमत ल्याउन जनसंगठनहरुले सक्रियता बढाउनु पर्ने बताएका छन् ।

समयसापेक्ष रुपमा संगठनलाई अघि नबढाएसम्म उपलब्धि हासिल नहुने उनले बताएका छन् ।

गत फागुनदेखि वैशाखसम्म महाधिवेशन गरेका जनसंगठनका पदाधिकारीलाई संयुक्त रुपमा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संगठनभित्र गुटबन्दी र बेठिक प्रवृतिलाई प्रोत्साहन गर्न नहुने बताए ।

प्रतिकुल अवस्थामा एमालेले सरकारको नेतृत्व गर्नु परेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले चारैतिरबाट सरकार र पार्टीविरुद्ध भइरहेका हमलाको प्रतिवाद गर्न जनसंगठन क्रियाशील हुनुपर्ने बताए ।

एमाले र नेतृत्वविरुद्ध सञ्चालित सम्पूर्ण अफवाह आफ्नो लोकतन्त्रप्रतिको निष्ठाले नै जवाफ दिइरहेको प्रधानमन्त्री ओलीले बताए ।

‘५५ वर्षअघि विभिन्न विचार समूहलाई एकजुट बनाएर एमालेको जग बसाइएको हो । अहिले एमाले फैलिएर जहाँ नेपाली, त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको छ’ एमाले अध्यक्ष ओलीले भने, ‘हाम्रो लोकतन्त्रप्रतिको निष्ठामा कसैले प्रश्न नगरे हुन्छ । ’

जनसंगठन सक्रिय रुपमा लागेमा देश एमालेमय हुन धेरै समय नलाग्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

कुनै बेला जनसंगठनलाई पिरामिड आकारमा बनाउने कि नबनाउने भन्नेमा पार्टीभित्रै संघर्ष गर्नुपरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले जनसंगठन अहिले कार्यकर्ता उत्पादन गर्ने कारखानाका रुपमा रहेको बताए ।

प्रधानमन्त्री ओलीले जनसंगठनहरू प्रायोजित होइन, प्रयोजनसहितका बनाउन पनि निर्देशन दिए ।

‘तपाईंहरू विचारमा प्रतिवद्ध र अनुशासनमा कठोर बन्नुहोस,’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यकर्तालाई हप्काउने, थर्काउने र रुखो बचन बोल्ने काम नगर्नुस् । यस्तो व्यवहारबाट संगठनप्रति नयाँ मानिसको आकर्षण बढ्दैन । तपाईंहरूले साथी बनाउने, साथी बढाउने र साथी कायम राख्ने काम गर्नुहोस । ’

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा पिपिरीका बाजा बजाउनेले फैल्याएका भ्रम चिर्न पनि जनसंगठनलाई सक्रिय भएर लाग्न निर्देशन दिए ।

‘सामाजिक सञ्जालमा ताल र सुरबिनाका पिपिरी बाजा बजाउनेलाई जवाफ दिनुहोस् ,’ प्रधानमन्त्री ओलीले भने, ‘जनसंगठनको यति ठूलो पंक्ति एक पटक सक्रिय हुने हो भने विरोधी आफैँ हराउँछन् ।’

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १ : ५९ बजे

कांग्रेस नेताहरूलाई देउवाको जवाफ- छोड् भन्दैमा छोड्ने मान्छे होइन म, अप्ठ्यारो छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५ औँ महाधिवेशनको

रेलको ठक्करबाट एक जनाको मृत्यु

महेन्द्रनगर– जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट आज देउरी परवाहा

प्रतिनिधिसभामा ऐन संशोधन गर्न बनेको विधेयक टेबुल

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको

विश्वप्रकाशले भने- देउवालाई थप सहयोग गरेर कांग्रेसलाई व्यवस्थित बनाऊँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वलाई

प्रधानमन्त्रीको अनौठो तर्क : भगवान् शिव चाम्लिङ हुन सक्छन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् शिव (महादेव) बारेमा अनौठो