सामाजिक सञ्जालमा सरकार र एमालेको विरोध गर्नेको प्रतिरोधमा उत्रिन कार्यकर्तालाई ओलीको निर्देशन « Khabarhub

सामाजिक सञ्जालमा सरकार र एमालेको विरोध गर्नेको प्रतिरोधमा उत्रिन कार्यकर्तालाई ओलीको निर्देशन


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन ०८४ मा बहुमत ल्याउन जनसंगठनहरुले सक्रियता बढाउनु पर्ने बताएका छन् ।

समयसापेक्ष रुपमा संगठनलाई अघि नबढाएसम्म उपलब्धि हासिल नहुने उनले बताएका छन् ।

गत फागुनदेखि वैशाखसम्म महाधिवेशन गरेका जनसंगठनका पदाधिकारीलाई संयुक्त रुपमा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संगठनभित्र गुटबन्दी र बेठिक प्रवृतिलाई प्रोत्साहन गर्न नहुने बताए ।

प्रतिकुल अवस्थामा एमालेले सरकारको नेतृत्व गर्नु परेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले चारैतिरबाट सरकार र पार्टीविरुद्ध भइरहेका हमलाको प्रतिवाद गर्न जनसंगठन क्रियाशील हुनुपर्ने बताए ।

एमाले र नेतृत्वविरुद्ध सञ्चालित सम्पूर्ण अफवाह आफ्नो लोकतन्त्रप्रतिको निष्ठाले नै जवाफ दिइरहेको प्रधानमन्त्री ओलीले बताए ।

‘५५ वर्षअघि विभिन्न विचार समूहलाई एकजुट बनाएर एमालेको जग बसाइएको हो । अहिले एमाले फैलिएर जहाँ नेपाली, त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको छ’ एमाले अध्यक्ष ओलीले भने, ‘हाम्रो लोकतन्त्रप्रतिको निष्ठामा कसैले प्रश्न नगरे हुन्छ । ’

जनसंगठन सक्रिय रुपमा लागेमा देश एमालेमय हुन धेरै समय नलाग्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

कुनै बेला जनसंगठनलाई पिरामिड आकारमा बनाउने कि नबनाउने भन्नेमा पार्टीभित्रै संघर्ष गर्नुपरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले जनसंगठन अहिले कार्यकर्ता उत्पादन गर्ने कारखानाका रुपमा रहेको बताए ।

प्रधानमन्त्री ओलीले जनसंगठनहरू प्रायोजित होइन, प्रयोजनसहितका बनाउन पनि निर्देशन दिए ।

‘तपाईंहरू विचारमा प्रतिवद्ध र अनुशासनमा कठोर बन्नुहोस,’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यकर्तालाई हप्काउने, थर्काउने र रुखो बचन बोल्ने काम नगर्नुस् । यस्तो व्यवहारबाट संगठनप्रति नयाँ मानिसको आकर्षण बढ्दैन । तपाईंहरूले साथी बनाउने, साथी बढाउने र साथी कायम राख्ने काम गर्नुहोस । ’

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा पिपिरीका बाजा बजाउनेले फैल्याएका भ्रम चिर्न पनि जनसंगठनलाई सक्रिय भएर लाग्न निर्देशन दिए ।

‘सामाजिक सञ्जालमा ताल र सुरबिनाका पिपिरी बाजा बजाउनेलाई जवाफ दिनुहोस् ,’ प्रधानमन्त्री ओलीले भने, ‘जनसंगठनको यति ठूलो पंक्ति एक पटक सक्रिय हुने हो भने विरोधी आफैँ हराउँछन् ।’

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १ : ५९ बजे

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको