रवीन्द्र मिश्रलाई मिसिलसहित उपस्थित गराउन सर्वोच्चको आदेश « Khabarhub

रवीन्द्र मिश्रलाई मिसिलसहित उपस्थित गराउन सर्वोच्चको आदेश


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई अनुसन्धानको मिसिलसहित उपस्थित हुन आदेश दिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गर्दै मिश्रलाई यही शुक्रबार इजलासमा उपस्थित गराउन भनेको हो ।

मिश्र पत्नी सारिका कार्कीले गृहमन्त्रालयसहित १२ जनालाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि सर्वोच्चका न्यायाधीश पोखरेलको इजलासमा सुनुवाइ भएको थियो ।

गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा नवराज सुवेदी र दुर्गा प्रसाईंसहितका राजावादी समूहले गरेको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनले ज्यान गुमाएका थिए ।

उक्त घटनामा त्यही साँझ मिश्रलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले मिश्रमाथि राज्यद्रोह, संगठित अपराध, र आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरिरहेको छ ।

उनीविरुद्ध पछिल्लो पटक मंगलबारसहित आठौँ पटक म्याद लिइएको छ । उनी ४७ दिनदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ३ : ४० बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६