भुइँमान्छेको योगदान बिर्सेका छैनौँ : प्रदीप ज्ञवाली « Khabarhub

भुइँमान्छेको योगदान बिर्सेका छैनौँ : प्रदीप ज्ञवाली


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले कम्युनिष्ट आन्दोलनमा भूमिका खेल्ने भुइँमान्छेहरूको योगदानको स्मरण गर्दै राज्यको नीति र नेतृत्वको भावनाले उनीहरूलाई सधैँ नजिक राख्ने बताएका छन्।

लेखक डा. बिन्दा पाण्डेको पुस्तक ‘आश्रय, सुरक्षा सम्पर्कको सारथी : भुँइमान्छे’ माथिको परिचर्चामा एमाले उपमहासचिव ज्ञवालीले भुँइमान्छेको जीवनस्तर उकास्न राज्यका नीतिसँगै पार्टीले विभिन्न ठाँउमा उनीहरूबारे अभिलेख राख्ने, सम्मान र स्मरण गर्नुपर्नेमा जोड दिए ।

डा. पोण्डेको पुस्तकमाथि समीक्षा प्रस्तुत गर्दै नेता ज्ञवालीले पार्टी निर्माणको जगमा भुइँमान्छेको भूमिका उल्लेख गरे । उनले भूमिगत आन्दोलनको आश्रय स्थलमा आफ्नो अनुभव सुनाउँदै बच्चाको गाँस काटेर पार्टीलाई सहयोग गर्न भुँइमान्छेहरूको स्मरण गरे।

राष्ट्रियसभा सदस्य डा. अञ्जान शाक्यले युवापुस्तासम्म कम्युनिष्ट आन्दोलन र यसमा भूमिका खेल्ने भुइँमान्छेबारे जानकारी दिन यस पुस्तकले मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे । राष्ट्रियसभाका अर्का सदस्य भगवती न्यौपानेले आगामी पुस्तालाई राजनीतिक सङ्घर्ष, त्याग र बलिदानको इतिहासलाई बुझाउन पुस्तकले मद्दत गर्ने राय व्यक्त गरे ।
 
लेखक पाण्डेले कम्युनिष्ट आन्दोलनमा भूमिका खेल्ने भुइँमान्छेहरूको योगदानलाई  राजनीतिक इतिहासका कुनै दस्ताबेजमा समेटिन नसक्नु दुखद् भएको बताए। तत्कालीन निरङ्कुशता विरुद्ध क्रान्तिका लागि निस्किएका नेतृत्वहरूलाई आफ्नो ज्यानको बाजी थापेर जोगाउने सर्वसाधारण भुइँमान्छेको योगदानको स्मरण यस पुस्तकले गर्ने उनले बताए। 
 
बैठक र भेला गर्ने स्थान, भूमिगत नेता–कार्यकर्ताका लागि आश्रयस्थल मात्र नभएर लाउने, खाने र सुरक्षाको समेत जिम्मेवारी निर्वाह गरेका धेरै आश्रयदातामध्ये केही प्रतिनिधिको कथाका पात्रहरूबारे चर्चा गरिएको थियो । साथै, नेपाली राजनीतिक आन्दोलनमा आमाहरूको योगदानलाई समेत पुस्तकले समेटेको छ ।
    
राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक सिद्धराज राईले भुँइमान्छेको नेतृत्वप्रतिको विश्वासलाई मर्न नदिन नेतृत्व सधैँ सजग र इमानदार हुनुपर्नेमा जोड दिए ।
  
कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष सङ्गीता खड्का, संविधानसभा सदस्य कल्पना धमलालगायत राजनीतिक नेतृत्व एवं पत्रकारहरूको सहभागिता रहेको थियो ।

विषम परिस्थितिमा जोखिम मोलेर आममान्छेले आश्रय (खाने, लाउने र बस्ने), सुरक्षा (पार्टी र जीवन रक्षाको प्रत्याभूति) का साथै सम्पर्क (राजनीतिक सम्पर्क र सम्बन्ध स्थापना) को जिम्मेवारी लिएर टोल र बस्तीहरूमा भूमिगत नेताका साथी बनेका भुँइमान्छेले कम्युनिष्ट नेतृत्वलाई दिशा, आन्दोलनलाई आधार  र परिवर्तनलाई बल दिएका योगदानको स्मरण गरिएको थियो ।
 

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : ०५ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६