नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ : उपराष्ट्रपति यादव « Khabarhub

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ : उपराष्ट्रपति यादव


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बारा– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । 

कलैयामा निर्माण भएको प्रादेशिक अस्पतालको ब्लड बैंक भवन उद्‌घाटन गर्दै उनले स्वास्थ्य सेवा मौलिक हक भएकाले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रवाहमा कुनै कमजोरी नगर्न चिकित्सकहरूलाई निर्देशन दिए  । 

ब्लड बैंकले यस क्षेत्रको बिरामीहरूलाई समयमा रगत उपलब्ध गराई जीवन बचाउनमा ठूलो सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गरे।  

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गरी मुलकमा स्थायी शान्ति, सुशासन कायम गर्न र विकास एवम् समृद्धिका लागि सबै नेपालीहरू एक जुट हुनुको विकल्प नरहेको उनले बताए। 

कार्यक्रममा मधेस –प्रदेश सरकारका स्वास्थ्यमन्त्री शत्रुधन महतो, संविधानसभा सदस्य प्रमोद गुप्ता, कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, छाया परियोजनाका कार्यकारी निर्देशक कमल थापालगायतले आफ्नो विचार व्यक्त गरेका थिए  ।

रु एक करोड १० लाखमा एक हजार बढी ब्लडको पोका अट्ने सो भवनको निर्माण छाया नेपाल नामक संस्थाको ८० प्रतिशत र अस्पतालको २० प्रतिशत लगानीमा निर्माण गरिएको हो । 

उपराष्ट्रपति यादवले एक पाउण्ड रक्तदानसमेत गरेका थिए । सो अवसरमा संविधानसभाका सदस्य प्रमोद गुप्ताले पनि रक्तदान गरे । 

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : ३१ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील