प्रहरी निरीक्षकले नागढुंगाको सडकमै कुटे सहायक हवल्दारलाई « Khabarhub

प्रहरी निरीक्षकले नागढुंगाको सडकमै कुटे सहायक हवल्दारलाई


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक जितेन्द्र साहले एकजना प्रहरी सहायक हवल्दार मदन खड्कामाथि कुटपिट गरेका छन् ।

सडकमै ड्युटीका बेला साहले प्रहरी सहायक हवल्दारलाई झापट हानेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी प्रभाग नागढुंगा प्रमुख हुन भने खड्का नागढुंगा प्रहरी प्रभागमा कार्यरत छन् ।

सहायक हवल्दार खड्काले भारतीय ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटपिट गर्नुपरेको जानकारी उनले माथिल्लो नियकामा गराएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार भारतीय नम्बर प्लेटको ‘गाडी जाँच’बारे विवाद हुँदा साहले सहायक हवल्दार खड्कालाई कुटेको खुलेको छ ।

नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्दै गरेको भारतीय नम्बर प्लेटको गाडीलाई चेकजाँचबारे विवाद हुँदा कुटपिट भएको हो । भारतीय नम्बर प्लेटका गाडीलाई जाँचका क्रममा त्यस क्षेत्रमा यसअघि पनि ट्राफिक प्रहरी र सुरक्षा जाँचमा तैनाथ प्रहरीबीच तनाव हुने गरेको खुलेको छ ।

ट्राफिक जामका बेला गाडी नरोक भन्दा नमानेपछि निरीक्षक साहले खड्कालाई कुटेका बताइएको छ ।

यता जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपील बोहराले घटनाबारे प्रहरी वृत्त थानकोटका डीएसपी एलिजा गिरीलाई छानबिन गर्न भनेको बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ७ : २४ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको