प्रहरी निरीक्षकले नागढुंगाको सडकमै कुटे सहायक हवल्दारलाई « Khabarhub

प्रहरी निरीक्षकले नागढुंगाको सडकमै कुटे सहायक हवल्दारलाई


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक जितेन्द्र साहले एकजना प्रहरी सहायक हवल्दार मदन खड्कामाथि कुटपिट गरेका छन् ।

सडकमै ड्युटीका बेला साहले प्रहरी सहायक हवल्दारलाई झापट हानेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी प्रभाग नागढुंगा प्रमुख हुन भने खड्का नागढुंगा प्रहरी प्रभागमा कार्यरत छन् ।

सहायक हवल्दार खड्काले भारतीय ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटपिट गर्नुपरेको जानकारी उनले माथिल्लो नियकामा गराएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार भारतीय नम्बर प्लेटको ‘गाडी जाँच’बारे विवाद हुँदा साहले सहायक हवल्दार खड्कालाई कुटेको खुलेको छ ।

नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्दै गरेको भारतीय नम्बर प्लेटको गाडीलाई चेकजाँचबारे विवाद हुँदा कुटपिट भएको हो । भारतीय नम्बर प्लेटका गाडीलाई जाँचका क्रममा त्यस क्षेत्रमा यसअघि पनि ट्राफिक प्रहरी र सुरक्षा जाँचमा तैनाथ प्रहरीबीच तनाव हुने गरेको खुलेको छ ।

ट्राफिक जामका बेला गाडी नरोक भन्दा नमानेपछि निरीक्षक साहले खड्कालाई कुटेका बताइएको छ ।

यता जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपील बोहराले घटनाबारे प्रहरी वृत्त थानकोटका डीएसपी एलिजा गिरीलाई छानबिन गर्न भनेको बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ७ : २४ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका