चन्द्र पन्तको फिल्ममा दोहोरिने भए भारतीय कलाकार प्रदीप रावत « Khabarhub

चन्द्र पन्तको फिल्ममा दोहोरिने भए भारतीय कलाकार प्रदीप रावत


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यू गरेका चन्द्र पन्तले फेरि अर्को फिल्म ‘आँबाट आमा’ बनाउने तयारीमा छन् । अहिले यस फिल्मका लागि कलाकार चयनको काम भइरहेको छ ।

‘ह्रस्व दीर्घ’मा चन्द्र पन्तले भारतीय कलाकारहरु ब्रह्मानन्द, प्रदीप रावत, सुनील वर्मालगायतलाई अभिनय गराएका थिए ।

दोस्रो फिल्ममा पनि चन्द्रले भारतीय कलाकार प्रदीप रावतलाई अभिनय गराउने भएका छन् । पन्तले रावत फिल्ममा अनुबन्ध भएको खबर शुक्रबार सार्वजनिक गरेका हुन् ।

यसअघि नै फिल्ममा पल शाह र नायिका विपना थापा अनुबन्ध भइसकेको छन् । निर्देशक पन्तका अनुसार प्रदीप पल शाहको बुवाको भूमिकाका लागि अनुबन्ध भएका हुन् ।

पन्तले रावतको भूमिकाबारे थपे, ‘उहाँले नेपाली स्टाइलकै भूमिका निर्वाह गर्नुहुन्छ ।’

चन्द्र पन्त यस फिल्मको छायाङ्कन भदौबाट सुरु हुने बताएका छन् । यस फिल्मको स्क्रिप्ट अभिमन्यु तिवारीले लेखेका हुन् ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ७ : २० बजे

बालेनलाई बाबुरामको शुभकामना- जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ऐतिहासिक कार्यभार बहन गर्न लागेका

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान