इजरायलमा इरानको मिसाइल आक्रमण : एक जनाको मृत्यु, ६० घाइते « Khabarhub

इजरायलमा इरानको मिसाइल आक्रमण : एक जनाको मृत्यु, ६० घाइते


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम – इरानले इजरायली आक्रमणको जवाफ दिन थालेको छ। शुक्रबार सयभन्दा धेरै ड्रोन आक्रमण गरेको इरानले त्यसपछि मध्यरातमा ब्यालेस्टिक मिसाइल हानेको हो।

इरानले पहिलो चरणको जवाफी कारबाहीमा ब्यालेस्टिक मिसाइलले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको समाचार टाइम्स अफ इजरायलले लेखेको छ।

समाचार अनुसार ती महिला सुरूमा गम्भीर घाइते भएकी थिइन्, पछि अस्पतालमा उनको मृत्यु भयो।

इरानबाट हानिएको मिसाइल आक्रमणमा अन्य ६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।तिनमा केही व्यक्तिहरू गम्भीर रूपमा घाइते भएका छन्।

इरानको जवाफी कारबाहीपछि आइडीएफले (इजरायली रक्षा बल) नागरिकहरूलाई तोकिएको सेल्टरमा बस्न आग्रह गरेको छ। आइडीएफले इरानबाट सयौं रकेट इजरायलतर्फ हानिएको जनाएको छ।

मगेन डेविड अडोम (इजरायलको एम्बुलेन्स सेवा) का अनुसार मिसाइलको छर्राले एक इन्सेन्सिभ केयर युनिटमा क्षति पुर्‍याउँदा दुई जना एम्बुलेन्सकर्मी घाइते भएका छन्।

आइडीएफले केही मिसाइलहरू इन्टरसेप्ट गरिएको जनाए पनि कति वटा रोकिए भन्ने खुलाएको छैन।

आईडीएफ होम फ्रन्ट कमाण्डले इरानको तेस्रो ब्यालेस्टिक मिसाइल आक्रमणपछि नागरिकहरूलाई सेल्टरमा जान अनुमति दिएको छ। अर्को सूचना नभएसम्म सेल्टर नछाड्न भनिएको जेरूसेलम पोस्टले उल्लेख गरेको छ।

तस्बिरः बिबिसी

यो पनि पढ्नुहोस्

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ६ : ४५ बजे

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको