आणविक सहमतिका लागि इरानलाई ट्रम्पको दबाब « Khabarhub

आणविक सहमतिका लागि इरानलाई ट्रम्पको दबाब


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफूले राखेको आणविक निःशस्त्रीकरणको प्रस्तावलाई स्वीकार गर्न दबाब दिएका छन्। उनले आफूले इजरायललाई साथ दिने बताए। उनले इरानी नेतालाई वार्ताका लागि ६१ दिनको समय दिएको भए पनि ६१ दिन पुग्दा पनि बेवास्ता गरेको बताए।

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार धेरै पटक इजरायलका प्रधानमन्त्री बेन्जानिम नेतान्याहुसँग वार्ता गरेको सिएनएनले जनाएको छ। राष्ट्रपति ट्रम्पको दबाबसँगै मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफले इरानी नेतालाई भेट्नका लागि गरेको प्रयास जारी नै राखेका छन्।

उनले इरानी नेतालाई वार्ताका लागि अन्तिम मौका दिएको बताउँदै यसलाई अटेर गरे दुखद अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

छैटौँ चरणको आणविक वार्ता आइतबार ओमनका गर्नका लागि तय गरिएको छ। राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा ठुलो विवाद हुन सक्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ८ : ३२ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६