आणविक सहमतिका लागि इरानलाई ट्रम्पको दबाब « Khabarhub

आणविक सहमतिका लागि इरानलाई ट्रम्पको दबाब


३१ जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफूले राखेको आणविक निःशस्त्रीकरणको प्रस्तावलाई स्वीकार गर्न दबाब दिएका छन्। उनले आफूले इजरायललाई साथ दिने बताए। उनले इरानी नेतालाई वार्ताका लागि ६१ दिनको समय दिएको भए पनि ६१ दिन पुग्दा पनि बेवास्ता गरेको बताए।

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार धेरै पटक इजरायलका प्रधानमन्त्री बेन्जानिम नेतान्याहुसँग वार्ता गरेको सिएनएनले जनाएको छ। राष्ट्रपति ट्रम्पको दबाबसँगै मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफले इरानी नेतालाई भेट्नका लागि गरेको प्रयास जारी नै राखेका छन्।

उनले इरानी नेतालाई वार्ताका लागि अन्तिम मौका दिएको बताउँदै यसलाई अटेर गरे दुखद अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

छैटौँ चरणको आणविक वार्ता आइतबार ओमनका गर्नका लागि तय गरिएको छ। राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा ठुलो विवाद हुन सक्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ८ : ३२ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ