इरानकाे जवाफी आक्रमणपछि इजरायलमा के भयो ? « Khabarhub

इरानकाे जवाफी आक्रमणपछि इजरायलमा के भयो ?


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानमा थप इजरायली आक्रमणपछि मध्यपूर्वको तनावले ठूलो युद्धको जोखिम बढाएको छ ।

शुक्रबार मध्यराति र शनिबार बिहान इरानले इजरायलमाथि सयौँ मिसाइल हानेको छ । ती मिसाइलले इजरायलको तेल अभिभ, हाइफा र जेरुसेलम सहरमा ठूलो क्षति पुगेको छ । इरानले केही ब्यालेस्टिक मिसाइल पनि हानेको छ ।

इजरायलमाथि मिसाइल आक्रमण भएपछि देशका अधिकांश सहरमा साइरन बजाइएको छ । इजरायलले नागरिकहरूलाई सुरक्षित स्थानमा जान आदेश दिएको छ ।

इजरायली सेनाका अनुसार शुक्रबार इरानले १०० भन्दा बढी मिसाइल प्रहार गरेको थियो । तीमध्ये अधिकांशलाई रोकिएको वा उनीहरूको लक्ष्यभन्दा अलि पर खसेको दाबी इजरायलले गरेको छ ।

यद्यपि इरानी मिसाइलले इजरायलमा ठूलो क्षति भएको टाइम्स अफ इजरायल र जेरूसेलम पोस्टलेसमेतले समाचार छापेका छन् । रोयटर्सका अनुसार अमेरिकी सेनाले पनि इरानी मिसाइल खसाल्न सहयोग गरेको थियो ।

हार्तज अखबारका अनुसार इरानले हालसम्म इजरायलमाथि १५० भन्दा बढी मिसाइल प्रहार गरिसकेको छ ।

तेल अभिभ र वरपर व्यापक क्षति
केन्द्रीय तेल अभिभको एक घना बस्ती भएको क्षेत्रस्थित एक अग्लो भवनको तल्लो भाग इरानी मिसाइलले क्षति पुर्‍याएको छ।

रामत गान क्षेत्रमा ९ वटा भवन पूर्णरूपमा ध्वस्त भएको हार्तज अनलाइनले जनाएको छ।

जेरुसेलममा पनि ठूलो विस्फोटको आवाज सुनिएको रोयटर्सको रिपोर्टमा उल्लेख छ । तर त्यो इरानी आक्रमणबाट भएको हो वा इजरायली सुरक्षा प्रणालीका कारण भन्ने पुष्टि भएको छैन ।

घाइते र मृत्यु
तेल अभिभको इचिलोभ अस्पतालमा इरानी आक्रमणपछि घाइते भएका सातजनाको उपचार भइरहेको छ । तीमध्ये एकजनालाई गम्भीर चोट लागेको छ । बाँकीलाई सामान्य चोट लागेको अस्पतालले जनाएको छ ।

इजरायली एम्बुलेन्स सेवाका अनुसार शुक्रबार राति मात्रै तेल अभिभ क्षेत्रमा ३४ जना घाइते भएका छन् । तीमध्ये धेरैजसो सामान्य चोटपटकसहित छन् ।

इजरायली प्रहरीले पुष्टि गरेअनुसार तेल अभिभमा एक महिलाको गम्भीर चोटका कारण मृत्यु भएको छ । अहिले इजरायलमा स्थिति गम्भीर बन्दै गएको छ ।

हिब्रू मिडियाको रिपोर्ट अनुसार इजरायलको केन्द्रीय क्षेत्रमा मिसाइलले क्षति गरेपछिको एक भवनमा दुईजना फसेका छन् ।च्यानल १२ को रिपोर्टअनुसार, उक्त आक्रमणमा १४ जना घाइते भएका छन्, जसमा एक ६० वर्षीया महिला गम्भीर अवस्थामा रहेकी छन् । उनलाई वाल्फसन मेडिकल सेन्टरमा भर्ना गरिएको छ ।

आइडीएफ (इजरायली रक्षा बल) ले शनिबार आम नागरिकहरूलाई सामाजिक सञ्जालमा रकेटले क्षति भएका स्थानहरूको विवरण सार्वजनिक नगर्न आग्रह गरेको छ ।

आइडीएफले भनेको छ, ‘शत्रुले यी दृश्यहरू प्रयोग गरी आक्रमण क्षमतामा सुधार गर्छ । जिम्मेवार बनौँ, आफू बसेको स्थान अनलाइनमा सेयर नगर्नुहोस्।’

यसैबीच, इरानले हानेको रकेटले क्षति भएको इजरायलको टाइबा गाउँमा दमकल र उद्धार टोलीहरू परिचालित भएका छन् । हालसम्म त्यहाँबाट कुनै मानवीय क्षति भएको खबर आएको छैन । तर भवनभित्र फसेका व्यक्तिहरूको अवस्थाबारे अधिकारीहरूले औपचारिक पुष्टि गरेका छैनन् ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ९ : ३५ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली