दुई बुँदेबारे प्रचण्ड : ‘राष्ट्रहितका लागि अघि बढ्ने र पछि हट्ने भइरहन्छ’ « Khabarhub

दुई बुँदेबारे प्रचण्ड : ‘राष्ट्रहितका लागि अघि बढ्ने र पछि हट्ने भइरहन्छ’


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग शुक्रबार भएको दुई बुँदे सहमति राष्ट्र हितका लागि गरिएको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रचण्डले राष्ट्र हितका लागि सहमतिबाट कहिले अघि बढ्ने, कहिले पछि हट्ने, कहिले विद्रोह गर्ने काम चलिरहने भएकाले यसलाई जसरी बुझे पनि हुने बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले लामो समयसम्म संसद् अवरूद्ध हुँदा समस्या पर्ने ठानेर खुलाउन आवश्यक ठानी सहमति गरिएको प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले भिजिट भिसा प्रकरण छानबिनका लागि एक महिनाभित्र समिति बनाएर जाने कुरा मिलेपछि आफूहरूले दुई बुँदे सहमतिमा हस्ताक्षर गरिएको बताए ।

उनले दुई बुँदे सहमतिसँगै माओवादी सरकारमा जाने हल्ला चलाइए पनि सत्यता नभएको प्रष्ट पारे ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  १० : ५० बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी