इजरायलविरुद्ध तत्काल कदम चाल्न संयुक्त राष्ट्रसंघलाई इरानको आह्वान « Khabarhub

इजरायलविरुद्ध तत्काल कदम चाल्न संयुक्त राष्ट्रसंघलाई इरानको आह्वान


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानी विदेश मन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टानियो गुटेरेससँग फोन वार्तामा द्वन्द्व उक्साएकोमा इजरायली सेना विरुद्ध तत्काल कारबाही गर्न आग्रह गरेका छन् ।  

फोन वार्तामा अराघचीले इजरायली आक्रमणले इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको अधिकारीमाथि प्रहार गरेको उल्लेख गरेका छन् । यसलाई उनले आफ्नो देश विरुद्धको स्पष्ट आक्रमणको रूपमा वर्णन गदै राष्ट्रसँङ्घको बडापत्रको धारा–५१ अनुसार आफ्नो रक्षा गर्ने तेहरानको संकल्पलाई पुष्टि गरेका छन्।
  
उनले राष्ट्रसङ्घीय सुरक्षा परिषद् तथा समग्र संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने कुरामा जोड दिँदै आक्रमणको कडा निन्दा गरेका छन् ।  इरानमा भएको आक्रमणका लागि इजरायललाई जवाफदेही बनाउन तत्काल ठोस कदम चाल्नुपर्ने समेत उनले बताए।
  
तेहरान र वासिङ्टन बीच वार्ता चलिरहेको समयमा इरानी आणविक सुविधाहरूलाई लक्षित गरी गरिएको आक्रमणको राष्ट्रसङ्घीय महासचिव गुटेरेसले निन्दा गरे। उनले तनावको वृद्धि रोकी यस क्षेत्रमा शान्ति र स्थिरता पुनर्स्थापना गर्न संयुक्त राष्ट्र संघको पूर्ण क्षमता प्रयोग गर्ने  बताए ।  

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  १ : ०६ बजे

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको