असार १५ सम्म शिक्षा ऐन पारित गर्ने सरकारको तयारी « Khabarhub

असार १५ सम्म शिक्षा ऐन पारित गर्ने सरकारको तयारी


३१ जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षा सम्बन्धी ऐनलाई प्रतिनिधिसभाबाट पारित गर्ने प्रयत्न भइरहेको बताएका छन् । 

शनिबार आयोजित सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टतासम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले असार १५ गतेसम्म ऐन पारित गर्ने गरी सरकार अघि बढिरहेको बताएका हुन् ।  

‘असार १५ गतेसम्ममा विद्यालय शिक्षासम्बन्धी ऐनलाई हामीले प्रतिनिधिसभाबाट सकेसम्म पारित गरौँ भन्ने मेरो प्रयत्न छ,’ शिक्षामन्त्री पन्तले भने । शिक्षामन्त्री पन्तले १२ कक्षा पास हुने बित्तिकै विद्यार्थीलाई देश बाहिर पठाउनु नहुनेमा पनि जोड दिए । 

‘साँच्चै भन्नुहुन्छ भने मेरो मनमा लागेको कुरा के हो भने एउटा राष्ट्रिय बहस होस्, प्लस टु पास गरेको विद्यार्थीलाई कुनै पनि हालतमा देश बाहिर पठाउनु हुँदैन,’ पन्तले भने । 

कतिपय कन्सलटेन्सीहरूले १० देखि १५ लाख रुपैयाँ लिएर कोरिया जानासाथ लाख रुपैयाँको जागिर पाइन्छ भनेर विद्यार्थी पठाउने गरेको भन्दै उनले आपत्ति जनाए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  १ : ०९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली