पार्टी बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड | Khabarhub Khabarhub

पार्टी बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको बताएका छन् । 

मोरङको उर्लाबारीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादीप्रति जनविश्वास बढेसँगै घेराबन्दी गर्न र बदनाम गर्ने उद्देश्यले पार्टीभित्र र बाहिरबाट निरन्तर षड्यन्त्र भइरहेको बताएका हुन् ।

‘हामीले सरकारमा रहेर सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा महत्वपूर्ण काम गरेका छौँ । राम्रो काम गर्दा गर्दै षड्यन्त्रपूर्वक सरकारबाट बाहिरिनु परे पनि हामी हाम्रो अभियान लिएर जनताको घरघरमा पुग्यौँ,’ प्रचण्डले भने, ‘जनतासँग बसेर दुःख–सुख बाँड्यौँ । यही कारणले माओवादी केन्द्रप्रति जनताको विश्वास झनै बलियो बन्दै गएको छ ।’

पूर्वी नेपालका झापा र मोरङमा माओवादी केन्द्रले अघिल्लो स्थानीय चुनावमा उल्लेखनीय सफलता हासिल गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा पार्टीले अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

उनले प्रतिक्रियावादी शक्तिहरू माओवादीको बढ्दो जनआधार देखेर आत्तिएका कारण षड्यन्त्रहरू भइरहेको बताए ।  नवप्रवेशी सदस्यहरूलाई पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले संगठनलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने बताए ।

 कार्यक्रममा विभिन्न राजनीतिक दलहरू परित्याग गरेर ३७० जना नेता–कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डको सचिवालयले दाबी गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  २ : १६ बजे

हाइकिङसँग जोडिँदै कालाबाङ घरेडी बुद्धउद्यान

गण्डकी– ‘हाइकिङ’मार्फत पोखरा आसपासका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्दै आएको हाइकर्स

पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’

ढोरपाटन– हरिया अजङ्गका पहाड । त्यही पहाडका काखमा समथर मैदान

सम्हालिँदै अर्थतन्त्र, अधिकांश आर्थिक सूचक सकारात्मक

काठमाडौं– कांग्रेस–एमालेको गठबन्धन सरकारले एउटा आर्थिक वर्षको बजेट पूरै कार्यान्वयन

महिलामाथि घृणात्मक भाषाको बढ्दो प्रयोग

नेपालको सामाजिक संरचनामा परम्परागत पितृसत्तात्मक सोचले गहिरो रूपमा जरा गाडेको

इन्डोनेसियाका लागि १९ प्रतिशत कर लाग्ने ट्रम्पको भनाइ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्डोनेसियासँग आफूले व्यापार सम्झौता गरेको