उद्योग सङ्गठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध « Khabarhub

उद्योग सङ्गठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर – उद्योग सङ्गठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन् ।

जेठ ३० र ३१ गते आयोजित सङगठनको ५२औं वार्षिक साधारणसभाबाट आगामी दुई वर्षका लागि राठीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, उपाध्यक्षमा सुरेन्द्र गोल्छा, विपीन कावरा, सुवोध कोइराला र कोषाध्यक्षमा पारस लुनिया निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा सौरभ सारडा, वीरेन्द्र राठी, सन्तोष भगत, जयेन्द्र शर्मा, सृजन प्याकुरेल, उकेश अग्रवाल, दीपक अग्रवाल र सिद्धार्थ कावरा निर्विरोध भएका छन्‌ ।

सङ्गठनको विधान अनुरूप नवनिर्वाचित अध्यक्षले एकजना महिलासहित तीन जना कार्यसमिति सदस्य मनोनयन गर्ने प्रावधान अनुसार सदस्यमा प्रतीक राउत, पारस गोल्छा र महिला सदस्यमा किरण ब्यासलाई अध्यक्ष नन्दकिशोर राठीले मनोनयन गरेका छन् ।

नवनिर्वाचित १७ सदस्यीय कार्यसमितिको कार्यकाल दुई वर्षको हुने सङ्गठनले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ३ : ५४ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२