मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न सार्वजनिक सुनुवाइ | Khabarhub Khabarhub

मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न सार्वजनिक सुनुवाइ


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माइती नेपालले आन्तरिक मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न आज यहाँ सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

आन्तरिक मानव बेचबिखन, यौन शोषण, श्रम शोषण र लागूऔषध दुव्र्यसनविरुद्धको सामूहिक प्रयासलाई बलियो बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, युवा समूह, महिला सङ्गठन, सुरक्षा निकाय तथा स्थानीय सरकारका सरोकारवाला निकायको उपस्थिति थियो ।

कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सार्वजनिक सुनुवाइ तथा स्थानीय निकाय, प्रहरी, नागरिक समाज र सरोकारवालाको बीचको सहकार्यद्वारा ठूला परिवर्तन सम्भव रहेको बताए। यसले बेचबिखन र हिंसाको जोखिम घटाउन सहयोग पुर्‍याउने उनको भनाइ थियो ।

साथै उनले छोरीहरू, विशेष गरी नाबालिगहरूलाई शोषणजन्य अवस्थाबाट तत्काल उद्धार गर्नुपर्ने आवश्यकतामा जोड दिँदै, रोकथाममा शिक्षा र सचेतनाको महत्त्वपूर्ण भूमिकामार्फत युवाहरूको सचेतना र सक्रियताले समाजलाई मानव बेचबिखनरहित बनाउन सकिने विश्वास व्यक्त गरे । 

कार्यक्रममा विशेषगरी मनोरञ्जन क्षेत्रमा महिला र किशोरीका लागि सुरक्षित र मर्यादित वातावरण निर्माणमा समुदाय तथा सम्बन्धित निकायको महत्वपूर्ण भूमिका रहेकामा जोड दिइएको थियो । नेपाल प्रहरीका अधिकारी र स्थानीय सरकारका प्रतिनिधिहरूले आपसी समन्वय अभिवृद्धि गरि एकीकृत रूपमा आन्तरिक मानव बेचबिखनविरुद्ध डटेर लड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

कार्यक्रमले विभिन्न सरोकारवाला निकायबीचको समन्वय र रोकथामका लागि एकीकृत रणनीतिका लागि विशेष जोड दिएको थियो । सुनुवाइका क्रममा सहभागीले आफ्ना अनुभवहरू बाँड्दै, खुला छलफलमा संलग्न हुँदै सतर्कता तथा अनुगमन प्रणालीलाई सुदृढ गर्न सुझाव दिएका थिए । 

सरोकारवालाहरूले आन्तरिक मानव बेचबिखन न्यूनीकरणको दिगो समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिँदै बढ्दो चुनौतीलाई सम्बोधन गर्न आपसी सहकार्य गर्न आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा उठाइएका सुझाव र चिन्तालाई स्थानीय सरकार र माइती नेपालले आगामी योजनामा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा नाबालिगको बढ्दो शोषण तथा होटल, स्पा, क्याबिन रेस्टुरेन्ट, डान्स बारलगायतका मनोरञ्जनस्थल तथा वयस्क मनोरञ्जन क्षेत्रमा बढ्दो अपराधिक गतिविधिप्रति गम्भीर चासो उठाउँदै समाधान खोज्ने प्रयास गरिएको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ५ : २५ बजे

रुस-युक्रेन युद्ध : ट्रम्पसँग सकारात्मक छलफल भएको जेलेन्स्कीको प्रतिक्रिया

काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

रुपन्देही–३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

काठमाडौं– आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा

पोखरीमा डुबेर दुई जनाको मृत्यु

राजविराज – सप्तरीँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३ गते मंगलबार। भाद्र