आतंकवादविरुद्ध बेल्जियमको सहकार्यप्रति भारतीय विदेशमन्त्री खुशी « Khabarhub

आतंकवादविरुद्ध बेल्जियमको सहकार्यप्रति भारतीय विदेशमन्त्री खुशी


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशङ्करले आतंकवादविरुद्ध बेल्जियमले गरिरहेको सहकार्यप्रति खुशी प्रकट गरेका छन् । बेल्जियम भ्रमणका क्रममा विदेशमन्त्री जयशङ्करले आतंकवादविरुद्धको सहकार्यमा बेल्जियमको भूमिकाप्रति खुशी प्रकट गरे ।

उनले बेल्जियम र भारतबीच कायम द्विपक्षीय सहकार्य वृद्धि हुँदै गइरहेको पनि उल्लेख गरे । पछिल्लो समय बेल्जियमसहित युरोपेली मुलुकहरु र भारतबीच सफा ऊर्जा, औषधि, प्रविधि, पारवहनजस्ता क्षेत्रमा सहकार्य वृद्धि हुँदै गइरहेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार बेल्जियममा उनले त्यहाँका उपप्रधान एवम् विदेशमन्त्री म्याक्सिम प्रेभोसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा दुई मुलुकका विदेशमन्त्रीबीच आपसी हितका विषयमा छलफल भएको एएनआईले उल्लेख गरेको छ ।

केही समयअघिमात्रै बेल्जियमकी राजकुमारी एस्ट्रिडले पनि भारतको भ्रमण गरेकी थिइन् । युरोप भ्रमणमा रहँदा विदेशमन्त्री जयशङ्करले युरोपेली युनियनका नेताहरुसँग पनि उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ८ : ०१ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक