हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या « Khabarhub

हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

हुम्ला – दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै गएको छ । हुमाने खोलामा पानी सुक्दै गएपछि सदरमुकामवासीलाई खानेपानीको समस्या हुन थालेको हो ।

खानेपानी उपभोक्ता समिति सिमकोटका लेखा अधिकृत याङजुम लामाले हुमाने खोलाको पानी सुक्दै गएपछि छाल्ता खोलाबाट सदरमुकामवासीका लागि खानेपानी जडान गरी ल्याए पनि मुख्य मुहान सुेकेपछि समस्या चुलिँदै गएको बताए । उनका अनुसार दुई हप्तायतादेखि पानी सुक्दै गएपछि समस्या भएको हो ।

खोलामा थोरैमात्रामा आएको पानी पनि जमिनमुनि छिरेर जाने गरेको भन्दै छाल्ता खोलाबाट पाइप जडान गरी पानी ल्याउने गरिएको लामाले जानकारी दिए । त्यही पानी पनि सिमकोटमा रहेका रिजर्भ ट्याङ्की भरिन नसक्दा सर्वसाधरणलाई पालोअनुसार खानेपानीका धारामा वितरण गर्नु परेको उनको भनाइ छ ।

“खोलामा पानी सुक्दै गएको छ । सदरमुकामस्थित सेवाग्राहीले हामीलाई पानी छोड्दैनन् भनी गुनासो गर्नुहुन्छ । हामीले कहाँबाट पानी ल्याएर दिनु ?”, लेखा अधिकृत लामाले प्रश्न गरे । पानी अभाव बढ्दै जान थालेपछि गाउँपालिकाले शुक्रबार पानी नचुहिने ग्रिन हाउसको प्लास्टिकको पाल दिएको उनले उल्लेख गरे ।

गाउँपालिकाले दिएको पाल आज पनि खोला र पाइप भएका स्थानमा बिछ्याउने कार्य भइरहेको छ । सिमकोटमा पाँच सउ २६ खानेपानीका ग्राहक छन् । सबै सेवाग्राहीलाई बिहान र बेलुकाको समयमा टोलटोल गरी पालोअनुसार पानी छोड्ने गरिएको उनको भनाइ छ ।

“सिमकोटमा रहेका खानेपानीका रिजर्भ ट्याङ्की यतिबेला खाली छन् । खानेपानी उपभोक्ता समितिले विगतदेखि सदरमुकामवासीलाई बिहान, बेलुकाको समयमा मात्र पानी वितरण गर्दै आएको थियो”, अधिकृत लामाले भने।

यतिबेला सदरमुकामवासीले धारामा खानेपानी नआउँदा समस्या हुने गरेको गुनासो गरेका छन् । सिमकोट तल्लो बजारमा रहेको महिला फिडर छात्रवासमा दुई महिनादेखि खानेपानी आउन बन्द भएको छात्रवासका संरक्षक कमला लामाले बताए । बिहान र बेलुका आउने पानी पछिल्लो समय बन्द हुँदा एक, दुईका घरमा आउने धारामा दुई, तीन घण्टा लाइन बसेर थाप्नु परेको उनको भनाइ छ ।

खानेपानी नआउँदा सिमकोट तल्लो गाउँ, सूचना टोललगायत क्षेत्रका नागरिकले टाढाटाढा पुगेर पानी भरेर खानुपर्ने अवस्था आएको गुनासो छ । स्वच्छ पानी अभाव हुँदा पिउने पानीका साथै सरसफाइमा समस्या हुँदै आएको सर्वसाधरणको गुनासो छ ।

केही दिनयतादेखि जिल्ला अस्पतालमा पनि खानेपानीको समस्या हुन थालेको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताए । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा पनि पानीको समस्या हुनु चिन्ताको विषय भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ८ : ३३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ